पिएचडीधारी अर्थमन्त्रीले गहुँ र धान चिनेनन्: काँग्रेस नेता गिरी (भिडियोसहित)  « Nagarik Khabar

पिएचडीधारी अर्थमन्त्रीले गहुँ र धान चिनेनन्: काँग्रेस नेता गिरी (भिडियोसहित) 



काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभाका सांसद प्रदीप गिरीले नेपालमा पिएचडीधारी अर्थमन्त्रीले राम्रो काम गर्न नसकेको बताएका छन् । प्रतिनिधिसभको बैठकमा मंगलबार बोल्दै गिरीले विदेशमा पढेर आएकाले नेपाली समाज अनुसारको कुरा बुझ्न नसकेको टिप्पणी गरे ।

सांसद गिरीले नेपाली समाजको चित्र नबुझेकै कारण बिकास हुन नसकेको बताए । उनले भने,“पिएचडी पढेका, बाहिरबाट पढेर आएका तर नेपालको हकमा गहुँ र धानको फरक नबुझ्ने, प्याजलाई पानी चाहिन्छ कि चाहिदैन, आलुलाई पानी चाहिन्छ कि चाहिदैन भन्ने कुरा भन्न नसक्ने मानिसहरु हाम्रा सरकारको पाला पनि अर्थमन्त्री भए ।”

आर्थिक वृद्धिदर र उच्च समानता तथा सामाजिक न्याय संगसंगै जान नसकेको भन्दै नेता गिरीले सरकारलाई प्राथमिकता स्पष्ट पार्न आग्रह गरे । अर्थशास्त्रीय सिद्धान्त र बहस भन्दा पनि मुलुकको अवस्था अनुसारको सिद्धान्त र प्राथमिकता निर्धारणमा ध्यान पुर्याउनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: