दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकाको पहलमा पहिलो पटक माथिल्लो तामाकोशीमा र्याफ्टिङ्ग शुरु भएको छ । गाउँपालिकाले १८ दिने र्याफ्टिङ्ग तालिम समेत सुरु गरेको छ ।
पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले आफ्नो क्षेत्रका १८ जना युवालाई तालिम दिन थालेको हो । गाउँपालिकामा पर्यटक भित्र्याउनका लागि तालिम सञ्चालन गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।
युवा पुस्ताले तालिम प्राप्त गरेपछि व्यवसायिक पर्यटन व्यवसायमा लाग्न सहयोग पुगोस भनेर आफूहरुले तालिम दिन थालेको गाउँपालिका प्रमुख छिरिङ शेर्पाले जानकारी दिए ।