कानुनले मात्र महिला हिंसा कम गर्न सकिँदैनः प्रहरी वरिष्ठ उपरीक्षक सुवेदी (भिडियोसहित) « Nagarik Khabar

कानुनले मात्र महिला हिंसा कम गर्न सकिँदैनः प्रहरी वरिष्ठ उपरीक्षक सुवेदी (भिडियोसहित)



काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पुरुषोत्तम सुवेदीका अनुसार पछिल्लो समय सामाजिक सञ्जालका कारण महिला तथा बालबालिकाहरु हिंसामा पर्ने गरेका छन् ।

आर्थिक वर्ष २०७४/७५ को नौ महिनामा तीन हजारभन्दा बढी महिला तथा बालबालिका हिंसाको सिकार भएको तथ्यांक छ । महिलामाथि हुने हिंसाका मुख्य कारण सामाजिक सञ्जाल साथै मादक पदार्थ सवेन भएको एसएसपी सुवेदीको भनाइ छ ।

विगतमा हुने गरेको पेशेवर अपराधभन्दा सामाजिक सञ्जाल, लागुऔषध दव्र्यसनलगायत प्रमुख भएको प्रहरीको भनाइ छ । यस्तो अवस्था शहरी क्षेत्रसँगै ग्रामीण क्षेत्रमा समेत रहेको छ । यस्तो समस्याको समाधान कानुनी रुपबाट मात्र नहुने भएकाले विभिन्न अभियानहरु सञ्चालन गर्नुपर्ने एसएसपी सुवेदीको भनाइ छ ।

सामाजिक अपराध कम गर्न प्रहरीले गत कात्तिक ११ गतेदेखि ‘सामुदायिक प्रहरी साझेदारी अभियान’ सञ्चालनमा ल्याएको छ । यस्तै, अपराधिक घटनामा प्रविधिको प्रयोग बढ्दै गएकाले प्रहरीले साइबर ब्यूरो फरेन्सिक ल्याब आदि प्रविधिको प्रयोगमा जोड दिइरहेको उनको भनाइ छ ।

प्रहरीको यस्तो प्रयोगले महानगरीय प्रहरी परिसर काठमाडौंले पछिल्लो तीन वर्षमा महिला हिंसाका घटनामा ९७ प्रतिशत सफलता प्राप्त गरेको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: