प्रधानमन्त्री ओलीद्वारा कम्बोडियाको सिल्भर पेगोडाको अवलोकन « Nagarik Khabar

प्रधानमन्त्री ओलीद्वारा कम्बोडियाको सिल्भर पेगोडाको अवलोकन



कम्बोडिया । प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँस्थित आज सिल्भर पेगोडा भ्रमण गरेका छन् ।

वाट प्रिया केओ अर्थात् पन्नाको बुद्ध मन्दिर पनि भनिने सिल्भर पेगोडा यसको भुइँका लागि प्रख्यात छ । जुन पाँच टन चम्किलो चाँदीले ढाकिएको छ ।

सिल्भर पेगोडासम्म जाने भ¥याङ इटालेली सिङमर्मरद्वारा बनेको छ । सन् १८९२ मा राज नोरोदोमका पालामा पहिले काठबाट बनाइएको सो पेगोडा सन् १९६२ मा पुनःनिर्माण गरिएको थियो ।

यो कम्बोडियाको प्रसिद्ध हेर्नलायक दर्शनीय संरचना हो । प्रधानमन्त्री ओली र उनको प्रतिनिधिमण्डलले सो पेगोडाको शैली र वैभवताको अभिरुचिपूर्वक अवलोकन गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: