काठमाडौं । नेपाली क्रिकेटमा ड्राफ्टको नयाँ प्रयोगसँगै आगामी असोज पहिलो साता काठमाडौंमा आयोजना हुने वुमन्स च्याम्पियन्स लिग (डब्ल्यूसीएल) का लागि खेलाडी छनोट गरिएको छ । मंगलबार गरिएको ड्राफ्टमार्फत प्रतियोगिताका लागि सहभागी पाँचवटै टोलीले ११/११ गरी ५५ खेलाडी छनोट गरेका छन् ।
नेपाली घरेलु क्रिकेटमा खेलाडी छनोट गर्न पहिलो पटक ड्राफ्टको प्रयोग गरिएको हो । ड्राफ्टमा गोल्डेन, रुविज र सफायर गरी तीन क्याटेगोरीमा खेलाडी सहभागी थिए । जसमध्ये गोल्डेनमा वर्तमान राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडी, रुविजमा कुनै समय राष्ट्रिय टोलीबाट खेलेका खेलाडी र सफायरमा प्रदेश वा क्षेत्रबाट राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडी थिए । गोल्डेन क्याटेगोरीका खेलाडीको मुल्य ७५ हजार, रुबिज क्याटेगोरीका खेलाडीको मुल्य ५० हजार र सफायर क्याटेगोरीका खेलाडीको मुल्य २५ हजार रहेको थियो ।
त्यसमा टोलीहरूले सोही मुल्यमा आआफ्नो पालोमा खेलाडीहरूको छनोट गरेका थिए । खेलाडी छनोट गर्न सबै टोलीलाई पाँच लाख अधिक्तम रकम ‘पर्स’ पाँच लाख तोकिएको थियो ।
ड्राफ्टमार्फत कुन टोलीले कुन खेलाडी छनोट गरे ?
काठमाडौं क्विन्स
खेलाडी मुल्य
१, अप्सरी बेगम ७५ हजार
२, रोमा थापा ७५ हजार
३, सुमन बिष्ट २५ हजार
४, रश्मि शर्मा चौलागाई ५० हजार
५, संगिता राई ५० हजार
६, सरस्वती चौधरी ५० हजार
७, नितु भण्डारी २५ हजार
८, ममता थापा ५० हजार
९, इश्वरी बिष्ट २५ हजार
१०, लक्ष्मी साउद २५ हजार
११, मनिशा राना २५ हजार
ललितपुर फाल्कोन्स
खेलाडी मुल्य
१, ममता चौधरी ७५ हजार
२, करुणा भण्डारी ७५ हजार
३, कविता जोशी २५ हजार
४, सरिता विश्व मगर ५० हजार
५, क्रिति शेन २५ हजार
६, रोश्नी बोहोरा ५० हजार
७, सिमा थापा २५ हजार
८, गीता गोसाई २५ हजार
९, शान्तिकुमारी चौधरी २५ हजार
१०, सम्झना खड्का २५ हजार
११, अलिशा केसी २५ हजार
पोखरा पल्टन
खेलाडी मुल्य
१, कविता कुँवर ७५ हजार
२, अञ्जली चन्द ५० हजार
३, रुबी पोडार २५ हजार
४, बिन्दु रावल ७५ हजार
५, अनुराधा चौधरी ५० हजार
६, रेवती धामी २५ हजार
७, मञ्जुकुमारी बोगटी २५ हजार
८, राजमती ऐरी २५ हजार
९, सरस्वती घर्तिमगर २५ हजार
१०, नविना खड्का २५ हजार
११, निाशा भाट २५ हजार
बिराटनगर टाइटन्स
खेलाडी मुल्य
१, ज्योती पाण्डे ५० हजार
२, सोनु खड्का ७५ हजार
३, डोली भाट ५० हजार
४, लक्ष्मी चौधरी ५० हजार
५, आरती बिडारी ७५ हजार
६, सबनम राई ५० हजार
७, क्रितिका मरासिनी २५ हजार
८, अश्मिना कर्माचार्य २५ हजार
९, शर्मिला रोक्का मगर २५ हजार
१०, कृष्मा गुरुङ २५ हजार
११, प्रतिक्षा बस्याल ५० हजार
चितवन राइनोज
खेलाडी मुल्य
१, काजल श्रेष्ठ ७५ हजार
२, रितु कनोजिया ७५ हजार
३, सुमन खतिवडा २५ हजार
४, रेखा रावल ५० हजार
५, सरस्वती पुन २५ हजार
६, अस्मिता खरेल २५ हजार
७, प्यारी चौधरी २५ हजार
८, कञ्चन श्रेष्ठ २५ हजार
९, सन्तोषी चौधरी ५० हजार
१०, सञ्जु लामा २५ हजार
११, साबित्रा जिसी २५ हजार
ड्राफ्ट सञ्चालनका केही तस्वीरहरू ।