एसियाली क्लब फुटबलमा महिला रेफ्रीको इतिहास « Nagarik Khabar

एसियाली क्लब फुटबलमा महिला रेफ्रीको इतिहास



क्वालालम्पुर । एसियाली फुटबल महासंघ (एएफसी) कपअन्तर्गत मलेसियामा बुधबार हुने एक खेलमा महिला रेफ्रिहरूले इतिहास रच्ने निश्चित भएको छ । पहिलो पटक पुरुषको एसियाली क्लब फुटबलमा सबै महिला रेफ्रीहरूले खेल सञ्चालन गर्ने भएका छन् ।

मलेसियामा बुधबार हुने म्यानमारको याङ्गुन युनाइटेड र क्याम्बोडीयाको नागा वल्डबीचको खेल खेलाउन तीन जना महिला रेफ्री छनोट भएका छन् । एसियाली पुरुष क्लब फुटबलमा तीनै जना महिला रेफ्रीले खेल सञ्चालन गर्न लागेको यो नै पहिलो अवसर हो ।

सो खेल खेलाउन मुख्य रेफ्रीमा जापानकी योशिमा यामाशिता छनोट भएकी छिन् । यस्तै उनको सहायकमा माकोटो बोजोनो र नाओमी तेछिरोगी छनोट भएका छन् । उनीहरू एएफसीको नियमअनुसार खेल खेलाउन आवश्यक सवै प्रकृया पुरा गरी छनोट भएका हुन् । यी तीनै रेफ्री एएफसीको शीर्ष वरियताका रेफ्री हुन् । यी तीनै जना रेफ्री आगामी जुनमा फ्रान्समा हुने महिला विश्वकप फुटबलमा एसियाबाट छनोट भएका रेफ्री समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: