यौन धन्दा रोक्ने अभियानः दुई दिनमा २ सय ७६ जना पक्राउ « Nagarik Khabar

यौन धन्दा रोक्ने अभियानः दुई दिनमा २ सय ७६ जना पक्राउ



काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले यौनजन्य क्रियाकलाप तथा खुल्लमखुल्ला रूपमा हुने यौन बार्गेनिङ रोक्न सुरु गरेको ‘काठमाडौं क्लिन’ अभियानअन्तर्गत दुई दिनमा २ सय ७६ जनालाई पक्राउ गरेको छ ।सार्वजनिक स्थानमा सर्वसाधारण मानिसलाई हिँड्न अस्वाभाविक हुनेगरी यौन लक्षित क्रियाकलाप बढ्न थालेको भन्दै परिसरले त्यस्ता गतिविधि रोक्न भन्दै आइतबारबाट विशेष अभियान सुरु गरेको थियो ।

जसअन्तर्गत आइतबार राति १ सय २५ जना र सोमबार राति १ सय ५१ जना पक्राउ परेका हुन् । सोमबार राति पक्राउ परेकाहरूमध्ये १ सय २१ जना पुरुष, २७ जना महिला र ३ जना अन्य रहेको परिसरका प्रवक्तासडीएसपी होवेन्द्र बोगटीले जानकारी दिए ।परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले मानिसलाई अपच हुने गरी सार्वजनिक स्थलमा अनैतिक क्रियाकलाप हुन थालेपछि त्यसलाई रोक्न प्रहरीले अभियान सुरु गरेको बताए । उनले प्रहरीको अभियान नै काठमाडौंलाई क्लिन गर्ने रहेको समेत प्रस्ट पारेका हुन् ।

‘सार्वजनिक स्थलमा हुने अनैतिक क्रियाकलाप र आपराधिक गतिविधिलाई क्लिन गर्ने योजनाअन्तर्गत यो अभियान सुरु गरिएको हो, अब यो अभियान निरन्तर अघि बढ्छ,’ काठमाडौं प्रहरी प्रमुख सुवेदीले भने ।प्रहरीले आइतबार मात्रै राजधानीका करिब एक दर्जन स्थानबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको भन्दै १ सय २५ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा १ सय ९ जना पुरुष र १६ जना महिला थिए । यो समाचार आजको राजधानी दैनिकमा प्रकासित भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: