नासाले चन्द्रमामा महिला पठाउँदै « Nagarik Khabar

नासाले चन्द्रमामा महिला पठाउँदै



क्यालिफोर्निया । अमेरिकाको अन्तरिक्षसम्बन्धी अनुसन्धान गर्ने संस्था नासा (नेसनल एरोनटिक्स एन्ड स्पेस एजेन्सी) ले चन्द्रमामा पहिलोपल्ट अमेरिकी महिला अन्तरिक्ष यात्री उतार्ने भएको छ।

नासाले सन् २०२४ सम्ममा चन्द्रयान ुआर्टेमिसु पठाउन तयारी गरिरहेको मंगलबार बिहान घोषणा गरेको हो। नासाले आर्टेमिसमा महिला र पुरुष चन्द्रमामा पठाउने जनाएको छ। नासाले पहिलो अमेरिकी महिला चन्द्रमामा पठाउने अभियानको नाम ुमुन २०२४ु राखेको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नासालाई महिलासहितको अभियान चन्द्रमामा पठाउनलगायत अन्तरिक्ष अनुसन्धानका लागि बजेट थपिदिएपछि नासाले अभियानको घोषणा गरेको समाचार आजको अन्नपूर्ण पोस्टको पृष्ठ १० मा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: