निजी संघ–संस्थाका जग्गा बेच्न रोक « Nagarik Khabar

निजी संघ–संस्थाका जग्गा बेच्न रोक



काठमाडौं । सरकारले निजी संघ–संस्था तथा उपभोक्ता समितिका नाममा भएका जग्गा बेचबिखनमा रोक लगाएको छ। सरकारी जमिन व्यक्ति तथा निजी संघ–संस्थाका नाममा बनाएर बिक्री गर्नबाट रोक लगाउन गृह मन्त्रालयले उक्त निर्णय लिएको हो। कर्मचारी र भूमाफियाको मिलेमतोमा सरकारी जग्गा हडप्ने क्रम बढेपछि सरकारले छानबिन आयोग बनाएको छ। आयोगले छानबिन नसक्दासम्म निजी संघ–संस्था तथा उपभोक्ता समितिका नाममा भएका जग्गा बिक्री गर्न पाइने छैन।

गृह मन्त्रालयले राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था (एनजिओ/आइएनजिओ), उपभोक्ता समिति, निजी तथा सामुदायिक संघ–संस्थाको स्वामित्वमा रहेका जग्गा बिक्रीमा रोक लगाउने निर्णय गरेको हो। ‘कर्मचारी र भूमाफियाको मिलेमतोमा अर्बौं रुपैयाँका सरकारी जग्गा हडपेर निजी संघ–संस्थाका नाममा राखेको आशंका छ,’ मन्त्रालय उच्च स्रोतले भन्यो, ‘सार्वजनिक जग्गा÷सम्पत्ति हडप्नेमाथि कारबाही र अनुसन्धान जारी छ। यसले पूर्णता नपाएसम्म एनजिओरआइएजिओ, अन्य संघ–संस्थालगायतको स्वामित्वका अचल सम्पत्ति बेचबिखनमा अनुमति दिइने छैन। यसका लागि प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइने छ।’ यो समाचार आजको नागरिक दैनिकमा प्रकासित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: