घुसको रकम हुण्डीमार्फत दिल्लीदेखि अस्ट्रेलियासम्म « Nagarik Khabar

घुसको रकम हुण्डीमार्फत दिल्लीदेखि अस्ट्रेलियासम्म



काठमाडौं । आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयका कर्मचारीले व्यापारीबाट बुझेको करोडौं रकम हुन्डीमार्फत दिल्ली र अस्ट्रेलिया लैजाने गरेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले राजस्व र करदाता कार्यालयका कर्मचारीले व्यापारीबाट करोडौं रुपैयाँ बुझेर सो रकम हुन्डीमार्फत भारतको नोयडा र गुडगाउँ पठाउने गरेको गुनासो व्यापक रूपमा आइरहेको बताएका छन् ।

राज्यकोषमा आउनुपर्ने करोडौं रुपैयाँ ठगी गरी व्यापारीहरूसँगको मिलेमतोमा राजस्व र करदाता कार्यालयका उच्च अधिकारीहरूले करोडांै रकम भारत तथा अस्टे«लिया पठाउने गरेको गुनासा आएपछि ती कर्मचारीमाथि छानबिन र अनुसन्धान गर्न उच्च दबाब परेको छ ।

प्रधानमन्त्री कार्यालयका ती अधिकारीले प्रधानमन्त्री कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष यस विषयमा उजुरी आएको बताए । ‘राजस्व ठगेर रकम असुली गरेको भन्ने उजुरी, गुनासा र जानकारी आएका छन यस विषयमा हामी गम्भीर छौं,’ प्रधानमन्त्री कार्यालयका ती अधिकारीले भने । यो समाचार आजको राजधानी दैनिकमा प्रकासित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: