कर्मचारीहरु नापी, मालपोत छोड्दै, भत्ता आउने कार्यालय खोज्दै « Nagarik Khabar

कर्मचारीहरु नापी, मालपोत छोड्दै, भत्ता आउने कार्यालय खोज्दै



काठमाडौं । कुनै बेला कर्मचारीको पहिलो रोजाइ मालपोत कार्यालय र नापी कार्यालय हुने गथ्र्यो। त्यहाँ जान कर्मचारीको हानथाप नै हुन्थ्यो तर अहिले परिस्थिति त्यस्तो छैन। अहिले कर्मचारीले नापी र मालपोत कार्यालय रोज्न छाडेका छन्।

अहिले कर्मचारीको पहिलो रोजाइ लोकसेवा आयोग, सतर्कता केन्द्र र गृह मन्त्रालय भएको छ। विशेषगरी प्रोत्साहन भत्ता आउने कार्यालयमा कर्मचारी जान चाहन्छन्। कर्मचारी समायोजनपछि अहिले पदस्थापनको काम सुरु भएको छ। संघीय मन्त्रालयका अनुसार अधिकांश कर्मचारीले अहिले प्रोत्साहन भत्ता दिने कार्यालयलाई आफ्नो पहिलो रोजाइ बनाएका छन्। त्यहाँ जान उनीहरूले विभिन्न तहबाट सोर्सफोर्स लगाउने गरेका छन्। यो समाचार आजको नागरिक दैनिकमा प्रकासित भएको छ । 

सरकारले अर्थ मन्त्रालयअन्तर्गत राजस्व, कर, अध्यागमन, प्रधानमन्त्री कार्यालय, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, लोकसेवा आयोग, निजामती किताबखाना, गृहमन्त्रालय, सतर्कता केन्द्रलगायतका १३ वटा कार्यालयमा प्रोत्साहन भत्ता दिने व्यवस्था गरेको छ।प्रोत्साहन भत्ता दिने त्यस्ता कार्यालयमा कर्मचारी सकेसम्मा जान चाहन्छन्।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: