काठमाडौं । गायिका टीका प्रसाईंको गजल सार्वजनिक भएको छ । ‘तिमी साथ भएपछि..’ बोलको गजलमा शुरेस वाग्लेको शब्द, हरी लम्सालको संगीत र गोपाल रसाइलीको संगीत–संयोजन रहेको छ ।
भर्सटायल गायिका टीकाको यस अघि पनि धेरै क्लासिक, सेमिक्लासिक, आधुनिक, फिल्मी तथा डान्सिङ गितहरु सार्वजनिक भएका छन् ।
पछिल्लो समयमा गायिका प्रसाईंको सर्वाधिक रुचाइका गीतहरु ‘माया लुकी लुकी’ ‘नाईं मलाई थाहा छैन’, ‘कर्के नजर’, ‘तिमी मलाई मन पर्छ’ जस्ता गीतहरुले श्रोता दर्शकहरुको मन जित्न सफल भएकी छन् ।
‘तिमी साथ भएपछि’ मा पल शाह, आँचल शर्मा र गायिका स्वयंको अभिनय छ । अर्जुन अधिकारीले निर्देशन गरेको भिडियो, उत्सव दाहालले खिचेका हुन् भने राजेश शाहले सम्पादन गरेका हुन् ।
भिडियो हेर्नुहोस्