धरानमा डेंगु नियन्त्रण गर्न ‘फगिङ’ सुरु « Nagarik Khabar

धरानमा डेंगु नियन्त्रण गर्न ‘फगिङ’ सुरु



धरान । सुनसरीको धरानमा लामखुट्टेको टोकाईबाट हुने डेंगु थप एक जनामा देखिएको छ । यो संगै डेंगुका धरानमा डेंगुका विरामीको संख्या ३ पुगेको छ भने एक जनामा आशंका गरिएको छ ।

विजयपुर अस्पताल धरानमा धरान १५ सदन रोडका एक ३४ वर्षिय महिलामा डेंगु भेटिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवले बताउनुभयो ।

धरानमा दिनानुदिन डेंगुका बिरामीको संख्या बढन थालेपछि धरान उपमहानगरपालिकाले पनि नियन्त्रणको अभियान मंगबार देखि सुरु गरेको छ । धरान उपमहानगरपालिकाल डेंगुका विरामी देखिएका क्षेत्रमा फगिङ गरिरहेको छ ।

आज पनि विहानैदेखि धरान १५ सदनरोड, पिण्डेश्वरी चौक, एभरेष्ट लाईन हुँदै बगरकोटबाट सेउती खोलाको काठेपुल सम्म धुवा लगाउने फगिङ गरिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवले बताउनुभयो । लामखुट्टे मार्ने फगिङ गर्ने कार्य गर्ने पनि प्रमुख यादवले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: