सरकारविरुद्ध सडक र सदनमा आन्दोलन गर्ने कांग्रेसको तयारी (भिडियोसहित) « Nagarik Khabar

सरकारविरुद्ध सडक र सदनमा आन्दोलन गर्ने कांग्रेसको तयारी (भिडियोसहित)



काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारविरुद्ध सदन र सडकमा आन्दोलन गर्ने भएको छ । बुधवार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले सरकारको मनलाग्दीविरुद्ध सदन र सडकमा आन्दोलन गर्ने निर्णय गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

सरकारले प्रेस, मानवअधिकार र नेपाली सेनालाई नियन्त्रण गर्नेगरी संसदमा विधेयक दर्ता गरेकाले सरकार विरुद्ध आन्दोलन गर्ने तयारी काँग्रेसले गरेको हो । मिडिया काउन्सिल सम्बन्धी, मानवअधिकार सम्बन्धी र राष्ट्रिय सुरक्षा परिषद् सम्बन्धी विधेयक फिर्ता लिन काँग्रेसले माग गर्ने निर्णय गरेको छ । सरकारले यी विधेयक तत्काल फिर्ता नलिएमा काँग्रेसले सदन र सडक दुवै क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको खाँणले बताए ।

काँग्रेसले सरकारले ल्याएको मिडियासम्बन्धि विधेयकले प्रेस स्वतन्त्रताको हनन् गर्ने, मानव अधिकारसँग सम्बन्धित विधेयकले मानव अधिकारको खिल्ली उठाउने र राष्ट्रिय सुरक्षा परिषदसँग सम्बन्धित विधेयकले नेपाली सेनालाई नै प्रयोजनहिन बनाउने निष्कर्ष निकाल्दै त्यसलाई तत्काल फिर्ता लिन सरकारसँग माग गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: