सिफारिसमा दिल्लीस्थित नेपाली दूतावासको कडाईं « Nagarik Khabar

सिफारिसमा दिल्लीस्थित नेपाली दूतावासको कडाईं



काठमाडौं । नेपाली नागरिकहरु भारत हुँदै तेस्रो मुलुकको यात्रामा जानुपूर्व नेपाली राजदूतावासको सिफारिस पत्र लिन पेश गर्नुपर्ने आवश्यक कागजातमा कडाईमा गरेको छ । नेपाली दूतावासको सिफारिसविना भारतीय अध्यागमनले नेपालीहरुलाई तेस्रो मुलुक जान रोक लगाइरहेकै अवस्थामा नेपाली दूतावासले पनि सिफारिसका लागि आवश्यक कागजातमा कडाई गरेको हो । दूतावासले राहदानी, टिकट तथा श्रम स्वीकृतिको कागजात समेत अनिवार्य गरेको छ ।

‘भारत हुँदै तेस्रो मुलुकमा जाने नेपालीहरुले राजदूतावासको सिफारिसका लागि आवश्यक कागाजातसहित सम्पर्क गर्न अनुरोध गर्दछौ’, भारतस्थित नेपाली दूतावासले जारी गरेको सूचना उल्लेख छ । भारतस्थित नेपाली राजदूतावासले वैशाख ३१ गते एक सूचना जारी गर्दै भारतको बाटो भएर तेस्रो मुलुकमा जानुपर्दा दूतावासको सिफारिस आवश्यक भएको जनाएको हो ।

तेस्रो मुलुक जान चाहने नेपालीले मनासिव कारण देखाएर सम्बन्धित व्यक्तिको हस्ताक्षरसहित दूतावासमा निवेदन दिनुपर्नेछ । निवेदनको साथमा यात्रा गर्ने व्यक्तिको राहदानी र त्यसको प्रतिलिपि, जाने देशको भिषा र त्यसको हवाई टिकटको प्रतिलिपि पनि अनिवार्य रुपमा संलग्न गराउनुपर्ने छ ।त्यसैगरी रोजगारी भिषामा विदेश जाने व्यक्तिले वैदेशिक रोजगार विभाग वा सो अन्तर्गतबाट जारी श्रम स्वीकृतिको प्रतिलिपि पेश गर्नुपर्नेछ ।

भारतबाहेक तेस्रो मुलुक भ्रमण गरेको भएमा यात्रा अभिलेखको प्रतिलिपि र अध्ययन व्यवशायको सिलसिलामा भारतमा रहेका नेपाली नागरिकहरुको हकमा अध्ययन तथा व्यवशायसँग सम्बन्धित परिचय पत्र पनि पेश गर्नुपर्नेछ । दूतावासमा आवश्यक कागाजातसहित निवेदन पेश गरेपछि मात्रै औचित्यका आधारमा सिफारिस जारी गर्ने भारतस्थित नेपाली दूतावासले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: