पूजामा गएकी बालिका बलात्कृत, छोरी बलात्कारको आरोपमा बाबु पुर्पक्षमा « Nagarik Khabar

पूजामा गएकी बालिका बलात्कृत, छोरी बलात्कारको आरोपमा बाबु पुर्पक्षमा



।। शेरबहादुर भुजेल

दोलखा । बालिका बलात्कारको आरोपमा एक पुरुष पक्राउ परेका छन् । दोलखाकी १३ वर्षीया बालिका बलात्कारको आरोपमा ४३ वर्षीय पुरुषलाई दोलखा प्रहरीले पक्राउ गरेको हो ।

पीडित बालीकाकी दाजुले आफ्नि बहिनी बलात्कृत भएको भनि जिल्ला प्रहरी कार्यालय दोलखामा किटानी जाहेरी दिएका थिए पछि आरोपित पक्राउ परेका हुन् । जाहेरी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दोलखाबाट खटिएको प्रहरी टोलीले ती पुरुषलाई उनको घरबाटै पक्राउ गरेको हो । भीमेश्वर नगरपालिका वडा नम्बर ७ का एक बस्ने रामबहादुर तामाङलाई प्रक्राउ गरिएको दोलखा प्रहरीले जनाएको छ ।

तामाङले गत बैशाख २८ गते ठुलो बुबाको घरमा लगाईएको पुजामा जादै गर्दा बलात्कार गरेको आरोप पीडित पक्षको छ । पक्राउ परेका पुरुषलाई म्याद थप गरी अनुसन्धान कार्य अघि बढाएको दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो ।

यसै गरी ७ वर्षदेखि आफ्नै छोरीलाई बलात्कार गर्दै आएका बुबालाई दोलखा जिल्ला अदालतले पुर्पक्षका लागी थुनामा पठाएको छ । बैशाख ५ गते बिहिबार सदरमुकाम चरिकोटबाटै पक्राउ परेका उनलाई दोलखा जिल्ला अदालतले कारागार दोलखामा पुर्पक्षका लागी थुनामा पठाएको हो ।

मंगलबार जिल्ला न्यायाधिश कमलराज विष्टको इजलासले पीडक पुरुषलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । २० दिनभित्र पीडित छोरीलाई बकपत्रका लागी झिकाउन आदेश पनि दिइएको दोलखा जिल्ला अदालतका सुचना अधिकारी युवाचन्द्र घिमिरेले जानकारी दिनुभयो । सात वर्ष अगाडिदेखि आफ्नै बुबाले पटक–पटक बलात्कार गरेको भन्दै १७ बर्षीया छोरीले जिल्ला प्रहरी कार्यालय दोलखामा गत बैशाख ४ गते किटानी जाहेरी दिएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: