बालामा देखिँदैछन् विक्की डोनरका जोडी यामी-आयुष्मान « Nagarik Khabar

बालामा देखिँदैछन् विक्की डोनरका जोडी यामी-आयुष्मान



एजेन्सी । बलिउड स्टार यामी गौतम नयाँ फिल्ममा देखिने भएकी छिन् । फिल्म बालामा आयुष्मान खुरानाको साथमा उनी देखिने भएकी हुन् ।

फिल्मको शूटिङ केहि दिन अघिदेखि भइरहेको थियो । यसै क्रममा यामीको पनि शूटिङ सुरु भएको छ । सामाजिक सञ्जालमार्फत उनले यस कुराको जानकारी दिएकी हुन् ।

सधैँ नयाँ नयाँ कथा र विषयमा फिल्म खेल्ने आयुष्मान अभिनित यस फिल्ममा पनि नयाँ कथा रहेको बताइएको छ ।

फिल्म गाँजा सेवनको समस्यामा आधारित रहेको बताइएको छ । गाँजा सेवनबाट युवा वर्गमा आइपर्ने समस्या र समाजको दृष्टिकोण फिल्ममा उतारिनेछ ।

फिल्ममा यामीसँगै भूमि पेडनेकर पनि मुख्य भूमिकामा रहने बताइएको छ । यामी र आयुष्मान दुबैजनाले फिल्मी करियरको सुरुवात शूजित सरकारको निर्देशनमा बनेको फिल्म विक्की डोनरबाट गरेका थिए । उक्त फिल्मले बक्स अफिसमा शानदार प्रदर्शन गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: