महोत्तरी । महोत्तरी गाउँपालिकाको एउटै वडामा आठ कुष्ठरोगी फेला परेका छन् ।
गाउँपालिकाका स्वास्थ्य सहसंयोजक सरोजकुमार झाले वडा नम्बर ५ मा आठ कुष्ठरोगी फेला परेको जानकारी दिए । उनका अनुसार सो वडामा रहेको एउटा दलित बस्तीमा आठ कुष्ठरोगी फेला परेका छन् ।
तीस हजारभन्दा बढी जनसङ्ख्या रहेको सो गाउँपालिकामा कुष्ठरोगी पत्ता लगाउने अभियान तीव्ररुपमा चलाइएको छ ।