स्थानीयको विरोधपछि बौद्ध-जोरपाटी सडकमा कालोपत्रे (फोटो फिचर) « Nagarik Khabar

स्थानीयको विरोधपछि बौद्ध-जोरपाटी सडकमा कालोपत्रे (फोटो फिचर)



काठमाडौं । बौद्ध–जोरपाटी सडकखण्डमा कालोपत्रे गर्ने काम सुरु भएको छ । निर्माण सुरु भएको लामो समयसम्म पनि पूरा नभइ धुलो धुवाँमा बस्नु परेको भन्दै स्थानीयले प्रदर्शन गरेपछि कालोपत्रे काम सुरु भएको हो ।

स्थानीयहरुले गत वैशाख २६ निर्माण कार्यमा हेलचेक्र्याइ गरेको भन्दै उक्न सडकखण्ड बन्द गरी प्रदर्शन गरेका थिए । यस क्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो ।

स्थानीयको विरोधपछि ठेकेदार कम्पनी युनाइटेड विल्डर्स्, काठमाडौं महानगरपालिका वडा नम्बर ७ र बौद्ध व्यापार संघबीच वैशाख ३० गते गत आइताबारदेखि कालोपत्रे गर्ने त्रिपक्षीय सम्झौता भएको थियो । सम्झौताकै मितिदेखि कालोपत्रे नभए पनि बुधबारदेखि सुरु भएको छ ।

 

 

यो पनि पढ्नुहोस्

किन बनेन बौद्ध–जोरपाटी–साँखु सडक ? (भिडियोसहित)

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: