संसारका प्रमुख १० खतरनाक पुल (फोटोसहित) « Nagarik Khabar

संसारका प्रमुख १० खतरनाक पुल (फोटोसहित)



एजेन्सी । पुल भनेको दुई ठाउँलाई जोड्ने महत्त्वपूर्ण माध्यम हो । पुलले मानिसलाई एक ठाउँबाट अर्को ठाउँमा जान महत्त्वपूर्ण सहयोग गर्छ । त्यति मात्र होइन, यसले बस्तुभाउ र जनावरलाई आवातजावतमा सजिलो बनाउँछ भने सामान ओसारपसारका लागि पनि माध्यमको रूपमा काम गर्छ ।

संसारमा विभिन्न पत्रकारका पुलहरू प्रयोगमा छन् । आधुनिक अवस्थामा आइपुग्दा समेत फरक फरक तरिकाले पुलको संरचना बनाउने गरिन्छ । परम्परागत पुल अहिले पनि संसारभर प्रचलनमा छन् ।

पुलका विषयमा संसारभरका विभिन्न ब्लगले विभिन्न प्रकारका सामग्री प्रस्तुत गरेका छन् । थ्रिलोफिला ब्लगले संसारका खतरनाक पुलबारे सामग्री प्रस्तुत गरेको छ । त्यहाँ समावेश प्रमुख १० खतरनाक पुलमा नेपालको पुल पनि छ । भौगोलिक अवस्था, भौतिक संरचना, मानिसको आवतजावतलगायतका आधार बनाएर ब्लगले प्रमुख १० पुलको सूची तयार गरेको हो ।

संसारका प्रमुख १० खतरनाक पुल

१. ट्रिफ्ट ब्रिज (स्विट्जरल्याण्ड) : ट्रिफ्ट ब्रिज स्विट्जरल्याण्डको गाडेमेन अल्पस पहाडमा रहेको छ । यो झोलुङ्गे पुलको लम्बाइ १८० मिटर छ । उचाइ ११० मिटर छ । ट्रिफ्ट्सी ताल हेर्नका लागि यो पुल सन् २००४ मा निर्माण गरिएको हो । तालको अवलोकन गर्न दैनिक २० हजार पर्यटक पुग्छन् ।

२. कार्रिक ए-रेड-रोप ब्रिज (बेलायत) : कार्रिक ए-रेड-रोप ब्रिज उत्तरी आयरल्यान्डको एन्टिराम सहरमा अवस्थित छ । यस पुलको लम्बाइ २१ मिटर र उचाइ ३० मिटर छ । यस पुललाई पार गर्न पर्यटकलाई साहस चाहिने हुँदा साहसिक पर्यटनको रूपमा विकास गरिएको छ । सन् २००८ देखि खुला गरिएको रोप ब्रिजमा वार्षिक ४ लाखभन्दा बढी पर्यटक पुग्छन् ।

३. भिटिम रिभर पुल (रसिया) : यो पुल हिम नदीमा रहेको छ । यो पुललाई पनि खतरनाक मानिन्छ । थोरै मानिस मात्र यो पुल तर्ने हिम्मत गर्छन् । पुलमा धेरैजसो समय हिउँ पर्ने भएकाले थोरै समय मात्र आवतजावत हुन्छ ।

४. क्यापिलानो सस्पेन्सन ब्रिज (क्यानडा) : क्यापिलानो सस्पेन्सन ब्रिज क्यापिलानो नदीमाथि रहेको छ । यो पुल १४० मिटर लामो र ७० मिटर अग्लो छ। संसारको खतरनाक झोलुङ्गे पुलको रूपमा यसलाई लिइन्छ । वर्षमा १२ लाख मानिस यो पुल हेर्न पुग्छन् ।

 

५. मेरिनब्रुके (जर्मनी) : यो संसारको सबैभन्दा खतरनाक पुलरुपमा लागि परिचित छ । जर्मनीमा रहेको मेरिनब्रुके पुल दुई चट्टानलाई जोड्न निर्माण गरिएको छ । यो पुल बाभरियन पहाडको नजिक रहेको छ ।

 

६. लैंगवीवी स्काई ब्रिज किदा (मलेसिया) : पैदल यात्रा गर्न सन् २००४ मा निर्मित यो पुल समुद्री तहभन्दा ७०० मिटर माथि रहेको छ। १२५ मिटर लामो पुल कर्भ आकारमा बनाइएको छ र केवल कार चढेपछि यो पुलमा पुग्न सकिन्छ । मलेसियाको पर्यटकीय स्थलको रूपमा यो पुल निकै चर्चित छ ।

७. एगुइएल डु मिडी (फ्रान्स) : एगुइएल डु मिडी हिमालमा यो पुल निर्माण गरिएको छ । हिमालको नामबाट यसको नामकरण गरिएको हो । यदि कुनै पनि मानिस हृदय रोगबाट पीडित छ भने यो पुल पार गर्ने योजना नबनाउन सिफारिस गरिन्छ । यो सानो छ र समुद्री सतहभन्दा माथि ३ हजार ८४२ मिटरको उचाइमा छ।

 

८. रोयल गेज ब्रिज (संयुक्त राज्य अमेरिका) : अमेरिकाको क्यानन सिटी नजिकै रहेको यो पुल सन् १९२९ मा निर्माण गरिएको हो । रोयल गेज ब्रिज निकै पुरानो भएकाn] पर्यटकको आकर्षणको केन्द्र हो । सन् २००३ सम्म संसारकै अग्लो पुलको रूपमा रेकर्ड बनाउन सफल रोयल ब्रिज पहिलो विश्वयुद्धपछि निर्माण भएको थियो । यो पुलको उचाइ २९१ मिटर रहेको छ ।

९. घासा (नेपाल) : नेपालको मुस्ताङ जिल्लाको घासामा रहेको पुल संसारकै खतरनाक पुलको नवौँ नम्बरमा पर्छ । यसको निर्माण गुणस्तरीय नभएका कारण भत्किने खतरा रहेको छ । जनावर ओसारपसारका लागि यो पुलको प्रयोग गरिन्छ ।

१०. डिसिप्सन पास ब्रिज (अमेरिका) : यो पुल डिसिप्सन स्टेट पार्क, वाशिंगटनमा रहेको छ । सन् १९३४ मा निर्मित यो पुलको लम्बाइ ४५२ मिटर छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: