‘ओली, खनाल र नेपाललाई मैले नै प्रधानमन्त्री बनाएँ’ : प्रचण्ड (भिडियोसहित) « Nagarik Khabar

‘ओली, खनाल र नेपाललाई मैले नै प्रधानमन्त्री बनाएँ’ : प्रचण्ड (भिडियोसहित)



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो योगदानको अवमुल्यन नगर्न पार्टी नेतालाई आग्रह गरेका छन् । पूर्व एमालेका केही नेताले प्रचण्डको आलोचना गरेकोप्रति आपत्ती जनाउँदैं प्रचण्डले तत्कालिन एमालेका तीन जना नेतालाई आफूले प्रधानमन्त्री बनाएको र त्यो सामथ्र्य आफूले मात्र राखेको बताए ।

तत्कालिन एमालेको युवा संगठन युवा संघ नेपालको २९ औं स्थापना दिवसको अवसरमा बोल्दै प्रचण्डले केपी शर्मा ओली, माधवकुमार नेपाल र झलनाथ खनाललाई आफूले प्रधानमन्त्री बनाएको बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष प्रचण्डले यस पटक पनि आफूले नेकपा अध्यक्ष ओलीलाई चुनावअघिनै प्रधानमन्त्री बनाउने बचन दिएको स्मरण गरे । उनले भने ‘ओली जीलाई यस पटक पनि चुनावअघि मैलेनै तपाई प्रधानमन्त्री भनेको हुँ ।’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: