भ्रष्टाचारको आरोप लागेका पाठक ७८ लाख धरौटी बुझाएर रिहा « Nagarik Khabar

भ्रष्टाचारको आरोप लागेका पाठक ७८ लाख धरौटी बुझाएर रिहा



काठमाडौं । भ्रष्टाचारको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठक धरौटीमा रिहा भएका छन् । 

विशेष अदालतले उनलाई ७८ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएपछि उनी उक्त रकमको बैंक ग्यारेन्टी राखेर रिहा भएका हुन् । पाठकले नेपाल बंगलादेश बैंकको बैंक ग्यारेन्टी बुझाएर रिहा भए । 

भ्रष्टाचार आरोपपछि फरार रहेका पाठक बुधबार विशेष अदालतमा हाजिर भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: