नेपाल विद्यापीठमा प्लस-टुमा पनि कानुन पढाई हुने « Nagarik Khabar

नेपाल विद्यापीठमा प्लस-टुमा पनि कानुन पढाई हुने



काठमाडौं । नेपाल विद्यापीठ कलेजले प्रवीणता प्रमाणपत्र तह हटेपछि कक्षा ११ र १२ मा पहिलो पटक कानुन विषयमा कक्षा सञ्चालन गर्ने भएको छ । दस जोड दुई (प्लस–टु) उत्तीर्ण गरेका विद्यार्थीले कानुनमा एलएलबी गर्न पाँच वर्षे कोर्स पढ्नुपर्छ । स्नातक उत्तीर्ण गरेका विद्यार्थीले तीन वर्षे एलएलबी पढ्न सक्नेछन् ।

२०५८ सालमा प्रवीणता प्रमाणपत्र तहमा कानुन विषय विस्थापनपछि नेपालमा पहिलोपटक काठमाडौंको बानेश्वरस्थित त्यस कलेजले ‘प्लस–टु’मै कानुन विषय पढाउन थालेको हो । कलेजमा पूर्व न्यायाधीश, नेपाल बारका पूर्वपदाधिकारी, वरिष्ठ अधिवक्ता तथा कानूनी र शैक्षिक क्षेत्रका ज्ञाता आबद्ध छन् ।

कक्षा ११ र १२ मा ५०० पूर्णाङ्कको यो विषयको ‘प्लस–टु’ पास गरेका विद्यार्थीले सिधै स्नातकमा कानुन विषय पढ्न पाउने छन् । काठमाडौं महानगरपालिकाबाट विद्यालय सञ्चालनको अनुमति लिई यस वर्षदेखि कानून र व्यवस्थापन कक्षा सञ्चालनको तयारी भएको कलेजका प्रिन्सिपल विनोद तिमल्सिनाले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: