‘पाँच वर्षमा इन्जिनियरिङ कलेज गाई फर्म हुन्छ’ (भिडियो कुराकानी) « Nagarik Khabar

‘पाँच वर्षमा इन्जिनियरिङ कलेज गाई फर्म हुन्छ’ (भिडियो कुराकानी)



काठमाडौं । अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले पार्टी नेताहरुकै निजी शैक्षिक क्षेत्रमा लगानी भएकै कारणले समाजवाद उन्मुख शिक्षामा बाधा पुगेको बताएका छन् ।

नागरिकखबर डटकमसँगको कुराकानीका क्रममा उनले पार्टी नेताहरुले निजी शिक्षण संस्थामा लगानी गरेका कारणले पनि समाजवाद उन्मुख शिक्षा राज्यको प्राथमिकता नपरेको दाबी गरे ।

सरकारले शिक्षा क्षेत्रमा लगानीका लागि ठाउँ नदेखेको भन्दै उनले अहिलेकै तरिकाले समाजवाद उन्मुख शिक्षा सम्भव नभएको गुनासो गरे । संक्रमणकालीन अवस्थामा रहेकाले अहिलेसम्म बोल्न नसके पनि अब आन्दोलन गर्ने र बोल्ने बेला आएको तामाङको भनाइ छ । दुई संगठन एक हुँदा आफु नेतृत्व लिन तयार रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: