काठमाडौं । अनेरास्ववियुकी अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य नवीना लामाले समाजवादमा जाने पार्टीको उद्देश्य अलमलमा परेको बताएकी छन् ।
प्रधानमन्त्रीको कार्यशैलीअनुसार राज्यका अरु संयन्त्र चल्न नसक्दा समाजवादमा जाने पार्टीको उद्देश्य अलमलमा परेको उनको भनाइ छ । नागरिकखबर डटकमसँगको कुराकानीमा लामाले समाजवाद उन्मुख शिक्षा प्रणालीका लागि समान पहुँचको कुरालाई ध्यान दिनुपर्नेमा जोड दिएकी छन् ।
तर, निजी क्षेत्रमा शिक्षाको व्यापार गर्नेहरुको पहुँच सिंहदरबारमा पुगेकाले समस्या भएको उनले बताइन् । फरक प्रसंगमा लामाले पार्टीले नेतृत्व दिएमा एकीकृत संगठनको नेतृत्व लिन तयार रहेको बताएकी छन् ।