सन्दीपसहित चार नेपाली खेलाडी सीपीएल ड्राफ्टमा « Nagarik Khabar

सन्दीपसहित चार नेपाली खेलाडी सीपीएल ड्राफ्टमा



काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) को सन् २०१९ को सिजनका लागि सन्दीप लामिछानेसहित चार नेपाली खेलाडी ड्राफ्टमा समावेश भएका छन् । सीपीएलले बुधबार सार्वजनिक गरेको लिस्टमा नेपालका चार खेलाडी पनि समावेश भएका हुन् ।

यस पटक सन्दीपसँगै अर्का बलर सोमपाल कामी, ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेल ड्राफ्टमा परेका छन् । सन्दीपले गत संस्करण सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट सीपीएल खेलेका थिए । यस पटक प्रतियोगिताका लागि अन्य तीन नेपाली खेलाडीले पनि ड्राफ्टमा आफूलाई समावेश गर्न सफल भएका छन् ।

ड्राफ्टबाट छनोट हुन सफल भएको अवस्थामा सन्दीपसँगै अन्य नेपाली खेलाडीले पनि वेष्ट इन्डिजको व्यवसायीक क्रिकेट लिग सीपीएल खेल्ने अवसर पाउने छन् । सीपीएलको ड्राफ्ट यही मे २२ तारिख सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: