उकालो लाग्दै शेयर बजार « Nagarik Khabar

उकालो लाग्दै शेयर बजार



काठमाडौं । मङ्गलबार दोहोरो अङ्कले वृद्धि भएको शेयर बजार बुधबार पनि उकालो लाग्नेक्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से ५।५५ बिन्दुले बढेर एक हजार ३२१ बिन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक २।१५ बिन्दुले बढेर २८२।२५ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज १७२ कम्पनीका ४० लाख ४३ हजार १५७ कित्ता शेयर रु एक अर्ब ३३ करोड तीन लाख १४ हजार २४७ मा खरिद बिक्री भए । कारोवार भएका १२ उपसमूहमध्ये छ उपसमूहको शेयर बढे भने छ उपसमूहको शेयर घटे । बैंकिङ ९।८६, व्यापार १०।५६, विकास बैंक २५।९९, वित्त १।९५, अन्य ८।१२, लघुवित्त ०।१३ बिन्दुले वृद्धि हुँदा होटल ३४।१९, जलविद्युत् ७।२६, निर्जीवन बीमा ३८।४९, उत्पादन ५९।७४, जीवन बीमा १७।८४ र म्युचुअल फन्ड ०।०४ बिन्दुले घट्यो ।

नेपाल कम्युनिटी विकास बैंकका शेयरधनीले ७।९७, विशाल बजार कम्पनी ७।७९, ग्रीन डेभलपमेन्ट बैंक ६।७३, रिलायन्स फाइनान्स ६।६१ र कृषि विकास बैंकका शेयरधनीले ५।२९ प्रतिशतले कमाए भने हिमालयन डिष्टिलरी लिमिटेडका शेयरधनीले ६।०३, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था ५।५२, सिभम सिमेन्टस् ४।७६, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ४।३७ र नयाँ नेपाल लघुवित्त विकास बैंकका शेयरधनीले ३।९२ प्रशितले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: