काठमाडौंको कालोपुलमा एक युवतीमाथि एसिड प्रहार भएको छ । बुधबार साँझ करिब साढे सात बजे एसिड प्रहार हुँदा २० वर्षीय जेनी खड्का गम्भीर घाइते भएकी छन् ।
एसिड प्रहार गरेको आरोपमा काभ्रेका ३८ वर्षीय विष्णु भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त कमलपोखरीका प्रमुख डिएसपी रविन्द्रनाथ पौडेलले बताए ।युवतीको किर्तीपुर हस्पिटल (नेपाल क्लेफ्ट एण्ड वर्न सेन्टर)मा उपचार भइरहेको छ ।
युवतीको अनुहार, दुबै हात र छातीमा क्षति पुगेको प्रहरी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । बोगटीका अनुसार उनीहरू श्रीमान श्रीमती हुन् । पुरूषले केही वर्ष अघि भगाएर ल्याएको र एक वर्ष देखी उनीहरूको सम्बन्ध राम्रो नभएकाले युवती छुट्टै बस्दै आएकी थिइन् ।
कालोपुलमा बस्दै आएकी युवतीलाई बाहिर बोलाएर साँझ एसिड प्रहार गरेको बोगटीले जानकारी दिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकासित भएको छ ।