कालोपुलमा श्रीमतीमाथि एसिड प्रहार, यस्तो छ कारण « Nagarik Khabar

कालोपुलमा श्रीमतीमाथि एसिड प्रहार, यस्तो छ कारण



काठमाडौं । राजधानीको कालोपुलकी जेनी खड्का एसिड प्रहारबाट गम्भीर घाइते भएकी छन् ।

घरायसी विवादमा बुधबार साँझ पति विष्णु भुजेलले एसिड प्रहार गर्दा खड्काको गाला, छाती र हात जलेको समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

खड्काको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उनको अवस्था गम्भीर छ ।

प्रहरीले एसिड प्रहार गर्ने भुजेललाई पक्राउ गरेको छ । खड्का विगत एक बर्षदेखि माइत बस्दै आएकी थिइन् । खड्का भुजेलकी दोस्रो पत्नी हुन् । भुजेलले बुधबार साँझ सल्लाह गर्न बोलाएर खड्का माथि एसिड प्रहार गरेको प्रहरीको भनाइ छ ।

यसअघि २०७१ फागुनमा राजधानीको झोंछेमा ट्युसन पढ्न गएका दुई किशोरी सीमा बस्नेत र संगीता मगरमाथि एसिड प्रहार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: