१३ वर्षीया बालिकामाथि यौन शोषण, गर्भपतन गराउन खोज्ने फरार « Nagarik Khabar

१३ वर्षीया बालिकामाथि यौन शोषण, गर्भपतन गराउन खोज्ने फरार



 

नेपालगन्ज । यौन शोषणमा परेकी १३ वर्षीय बालिकाको असुरक्षित गर्भपतन गराउन खोज्दा ज्यान नै जोखिममा परेको छ। असुरक्षित गर्भपतनका कारण रक्तश्राव नरोकिएपछि चिन्ताजनक अवस्थामा उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भ्इरहेको छ। ती बालिकाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ।

सुर्खेतको भेरीगंगा नगरपालिका–९ घर भई नेपालगन्ज–१० गोसाइँ गाउँमा बस्दै आएकी ती दलित बालिकामाथि यौन शोषण गर्दै आएका व्यक्तिले नै गर्भपतन गराउन भारतीय सीमावर्ती बजार रुपैडिहा लगेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। गर्भपतन गराएर घर फर्किएपछि बालिकाको अवस्था जटिल बनेको प्रहरीको भनाई छ।

यौन शोषण गर्ने व्यक्ति पक्राउ परिनसकेको र बालिका पनि अचेत अवस्थामा रहेका कारण रुपैडिहाको कुन ठाउँमा गर्भपतन गराइएको खुल्न सकेको छैन। बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार यौन शोषणमा परेकी बालिकाको परिवार ज्यालामजदुरी गर्दै आएको थियो। यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा प्रकासित भएको छ । 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: