‘कांग्रेस सांसदका शब्द हटाइएका हुन्’ « Nagarik Khabar

‘कांग्रेस सांसदका शब्द हटाइएका हुन्’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को रेकर्डबाट आफ्ना होइन, विपक्षीका ‘अमर्यादित’ शब्द हटाएको दाबी गरेका छन्। आफूले गैरसंसदीय शब्द प्रयोगै नगरेको उनको भनाइ थियो। ‘मैले गैरसंसदीय शब्द प्रयोग गरेको छैन,’ भियतनाम र कम्बोडियाको साताव्यापी भ्रमण सकेर बुधबार फर्केका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग भने, ‘सभामुखले पनि मैले कुनैै गैरसंसदीय शब्द प्रयोग गरेको र त्यसलाई हटाउनुपर्छ भन्नुभएको छैन।’

उनले थपे, ‘बरु विपक्षी दलका सांसदबाट उत्ताउला र अमर्यादित शब्द प्रयोग भएका थिए। ती शब्द संसद्को रेकर्डबाट हटाइएको हो। संसद् मर्यादित थलो हो। यसको गरिमा र सम्मानमा कसैले पनि आँच पु¥याउनु हुँदैन।’

सभामुख कृष्णबहादुर महराले पनि प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले जबाफ दिने क्रममा कांग्रेसका सांसदहरूले प्रयोग गरेका असंसदीय शब्द रेकर्डबाट हटाइएको व्याख्या गरेका छन्। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकासित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: