दीपिकासँग किन खेल्न मानेनन् राजकुमार ? « Nagarik Khabar

दीपिकासँग किन खेल्न मानेनन् राजकुमार ?



एजेन्सी । बलिउड नायिका दीपिका पादुकोण आफ्नो अपकमिङ फिल्म ‘छपाक’मा व्यस्त छिन् । मेघना गुलजार निर्देशित यस फिल्ममा दीपिकाको साथमा बिक्रान्त मैसी देखिने भएका छन् ।

यसैबिच एउटा खबर सार्वजनिक भएको छ । पहिले फिल्ममा विक्रान्तको ठाउँमा अभिनेता राजकुमार रावलाई राख्ने कुरा सार्वजनिक भएको हो । तर, राजकुमार रावले यो फिल्म गर्न मानेनन् ।

तर, यस प्रश्न राजकुमार रावलाई सोध्दा उनले प्रस्ताव नकारेको नभइ समय अभावका कारण फिल्ममा काम गर्न नसकेको बताएका छन् ।

आफूलाई छपाकको कथा निकै मन परेको उनले बताए । नायिका दीपिका र निर्देशक मेघनालाई समेत यस फिल्म गर्न नपाएकोमा आफूलाई नोक्सान पुग्ने उनले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: