कण्डमबारे केही रोचक तथ्य « Nagarik Khabar

कण्डमबारे केही रोचक तथ्य



एजेन्सी । यौनसम्पर्कको बेला प्रयोग गरिने कण्डम कहिले आविस्कार भयो भन्ने बारेमा हामीलाई जानकारी नहुन पनि सक्छ । यसका रोचक तथ्यहरुको बारेमा हामी कम जानकार हुनसक्छौ । कण्डमको आविस्कार फ्रान्समा भएको मान्यता छ । अनुसन्धानदाताहरुले फ्रान्सको एउटा गुफामा कण्डम आकारको एक चित्र भेटाएका थिए । यो करिब पन्ध्र हजार वर्ष भन्दा पनि पुरानो हो ।

स्वीडेनमा पनि सबैभन्दा पुरानो कण्डम पाईएको छ । पहिले कण्डम पाउन निकै गार्हो हुने गर्थ्यो । अमेरिकामा डाक्टरहरुको प्रेसक्रिप्शन पछि मात्र यसलाई १९२८ देखि वेंडिंग मेशीनबाट निकालिन सकिन्थ्यो । साथै ‘सोची ओलंपिक्स’ को समयमा एथलीटहरुलाई ओलम्पिक भिलेजमा एक लाख कण्डम पुर्याइएको थियो ।१६ औ शताब्दीमा कण्डमको आविष्कार साइफलिसको रोगलाई रोक्नको लागि गरिएको थियो । त्यस समयमा फ्रान्समा साइफलिसबाट कैयौं मानिसको मृत्यु भएको थियो । त्यसलाई रोक्न यौनसम्पर्कको समयम चिल्लो पदार्थ राखिएको साधनलाई रिवनले बाँधेर प्रयोग गरेपछि त्यो रोग सरेको थिए ।

कन्डमको इतिहास

इसापूर्व १३५० मा इजिप्ट भन्ने देशमा पुरुषहरुले आफ्नो लिङ्ग सजाउने गर्दथे । सन १५६४ मा इटाली देशमा शरीर शैल्यबिज्ञ फेलो पिग्सका अनुसार बुनेको कपडाको कण्डम प्रयोग हुन्थ्यो । १८ औ शताब्दीमा आएर कण्डमको अन्तर्राष्ट्रिय नामाकरण गरिएको थियो, जुन कण्डम आन्द्रा मुख्यतया भेंडाको आन्द्राबाट बनेको थियो । विभिन्न धार्मीक संघ, संगठनको बिरोधको बाबजुद पनि कण्डम बजारले व्यापकता पाउँदै गयो । १८ औं शताब्दीमा कण्डम विभिन्न गुणस्तर तथा आकारमा पाउन थालियो ।

कण्डम क्याफे, आौषधी पसल, रेष्टुरा, नाटकघरमा रसिया तथा सम्पूर्ण युरोपभरमा पाउन थालियो । विस्तारै कण्डमले अमेरिका प्रवेश गर्न थाल्यो । तर त्यस समयमा कण्डम उच्च वर्गको समाजको लागि मात्र सहज थियो । १९ औं शताब्दीको सुरुवाततिर पहिलो पटक गरीव समुदायमा पनि परिवार नियोजनको साधनको रुपमा प्रयोग गर्न जनचेतनामूलक कार्यक्रम थालियो । विभिन्न राष्ट्रहरुले कानुन नै पारित गरेर कण्डम निर्माण तथा प्रयोग प्रर्वद्धनमा जोड दिन थाले । विभिन्न बाधा÷ब्यबधान तोड्दै १९ औं शताब्दीको अन्त्यतिर कण्डम पश्चिमी संसारभर एउटा प्रसिद्ध परिवार नियोजनको साधनको रुपमा विकास भयो । १९ औ शताब्दीको अन्त्यतिर जर्मन सैनिकहरुले आफ्ना सैनिकहरुलाई कण्डम प्रयोग गर्न प्रोत्साहन गरे । यता २० औ शताब्दीको सुरुतिर अमेरिकन सैनिकमा कण्डम प्रयोगले यौन रोग संक्रमण दर ह्वात्तै घटाएर लगेको अनुसन्धानले पत्ता लगायो । सन १९२० मा आएर संसारभर कण्डमको प्रयोग दोब्बर भएर गयो ।

पहिलो कण्डम

संसारको पहिलो रबर निर्मित कण्डम सन १८५५ मा बनेको पाइन्छ । जुन साइकलको ट्यूब जत्तिकै बाक्लो थियो । यसका अलाबा पनि संयुक्त राज्य अमेरिका र बेलायतमा रबरले बनेका लिङ्गमुन्ड मात्र छोपिने कण्डमको प्रयोग हुन्थ्यो । दोश्रो विश्वयुद्धको समयभरी कण्डमलाई चलचित्र , पोस्टर तथा अध्यापनको माध्यमबाट झन व्यापकता दिइयो । दोस्रो विश्वयुद्ध पश्चात सन् १९५५–१९६५ मा ४२५ अमेरिकनहरुले कण्डमलाई परिवार नियोजनको साधनको रुपमा प्रयोग गरेको इतिहास भेटिन्छ । यता वेलायतमा सन् १९५०–१९६० मा ६०५ विवाहित जोडीले कण्डम प्रयोग गर्थे ।

सन् १९९५ मा अमेरिकी वजारमा प्लाष्टिक कण्डम पाइन थाले । यता १९८१ मा एड्स यौन सम्पर्कको माध्यमबाट सर्ने पत्ता लागेपछि त झन् एचआइभी किटाणु सर्न नदिने कण्डमको प्रयोगले ब्यापकता पाउँदै गयो । कण्डमका विविध पक्षमा अनुसन्धान तीब्र गतिमा अघि बढी रहेको छ । नेपालमा २०३५ सालमा कण्डम, ब्रान्ड नाम ‘ढाल’ राखेर विक्री वितरण गर्न थालियो । त्यसपछि अनेकौ नाममा नेपाली वजारमा कण्डम आउन थाले । नेपालमा ढाल बजारमा पाइन थालेपछि रेडियो नेपालमा विज्ञापन बज्न थालेको थियो ।

कण्डमबारे केही रोचक तथ्य

१. कण्डममा प्रयोग हुने मेटिरियल जहिले पनि बदलिदै आएको छ । पहिले यसलाई लेटेक्सबाट बनाइन्थ्यो र पछि अनेक जनावरहरुको आन्द्रा पनि प्रयोगमा ल्याइएको थियो । त्यस पश्चात लिनन, स्लिक र लेदरबाट बनाउने कोशिस पनि गरीएको छ ।

२. १६ औ शताब्दीमा कण्डम जनावरको आन्द्राबाट बनाइने गरिन्थ्यो, त्यसैले यसको मुल्य महँगो थियो । यसको प्रयोग मानिसहरुले २ पटक गर्नेगर्थे । १९ औ शताब्दीसम्म आउँदा यो यति सस्तो भयो कि मानिसहरुले एक पटक प्रयोग गरेपछि फ्याक्न थाले ।

३. सम्बन्ध बनाउन मात्र नभईकन मोडर्न कण्डम एक ग्यालिनसम्मको पानी अटाउन सकिन्छ । त्यति मात्र नभएर यसको प्रयोग जवानहरु आफ्नो राईफललाई पानी बाट बचाउन र कतै आगो बाल्न प्रयोग गर्ने गर्थे ।

४. पछिल्लो केहि समयमा कण्डमको आकार र टाइपमा निकै परिवर्तन आएको छ । अब फ्लेवर कण्डम देखि लिएर लुब्रिकेटेड र अन्य प्रकार बजारमा सजिलैसँग उपलब्ध हुन्छ ।

५. हाल बैज्ञानिकहरु नदेखिने कण्डम बनाउन लगातार कोसिस गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: