लाहुरका रोगले थलिँदै अछामको थापडा « Nagarik Khabar

लाहुरका रोगले थलिँदै अछामको थापडा



अछाम – विष्णु नेपाल

“लाहुरका रोगले धेरै मरिसके । गणना छैन । अझै लाहुरका रोग भएका धेरै छन् । कतिले खुल्छन्, कतिले अझै लुकाएका छन् ।”

चौरपाटी गाउँपालिका–४ स्थित थापडाकी अञ्जनी विक ९नाम परिवर्तन०ले भनिन् । एचआइभी सङ्क्रमितलाई यहाँ ‘लाहुरका रोग’ भन्ने गर्दछन् । ४० वर्षीया उनी आफैँ एचआइभी सङ्क्रमित हुन् ।

मध्याह्नको गर्मीमा गहुँ झारिरहेकी विकले शुरुआतमा खुलेर बोल्न चाहिनन् । गहुँ राम्रै भएछ रु कति होला रु कति महीनालाई धान्ला रु प्र्रश्नमा “यस वर्ष बर्सात भइरह्यो, कहिल्यै नलागेको बाला यसपटक लाग्यो, चार महिना धान्ला कि १” उनीले जवाफ फर्काइन् ।

कम उमेरमा सङ्क्रमणसित जुधिरहेकी उनीले एआरटी सेवा लिइरहेकी छिन् । समय समय सिडी फोर काउन्ट गर्दछिन् । एचआइभी सङ्क्रमित भएकालाई रोगसित जुध्नसक्ने प्रतिरोधी क्षमता बढाउने औषधिलाई एआरटी भनिन्छ । सङ्क्रमितले आफ्नो रगतको अवस्था तथा मापन गरिराख्न सिडी फोर काउन्ट आवश्यक तथा अनिवार्य पर्छ ।

सरकारले यी दुवै सेवा निःशुल्क रुपमा प्रदान गर्दै आएको छ । तर यहाँका सङ्क्रमितका लागि ती सेवामा सहज पहुँच छैन । गाउँ नजीक रहेको पायल स्वास्थ्य चौकीले हालसम्म सेवा दिन सकेको छैन । सेवा लिन वयलपाटा अस्पताल तथा चौरमाण्डु प्राथमिक स्वास्थ्य चौकीमा जान विवश छन् ।

उनी गाउँमा एचआइभी सङ्क्रमितका लागि दश वर्षदेखि निरन्तर पैरवी, एआरटी सेवा लिएर नलिएको, सिडी फोरको अनुगमन तथा जनचेतना काममा निरन्तर जुटिरहेकी छिन् । “श्रीमान्बाट म सङ्क्रमित भएँ, श्रीमान्को छातीको सङ्क्रमणबाट ९एड्स० मृत्यु भो । दुई छोरा छन्, उनीहरु दुवै रोजगारीका लागि विदेशिएका छन् । एक्लै छु । उनीहरु के गर्छन् नभनौँ,” गहभरि आँसु पार्दै विकले भनिन् ।

सङ्क्रमितहरु मिलेर यहाँ सञ्चालनमा ल्याएको मिलीजुली समूहमा उनी जिम्मेवारी पदमा नेतृत्व प्रदान गरेकी छिन् । हरेक महीनाको ११ गते समूहको बैठक बस्छ । रुपैयाँ पाँचबाट बचत सङ्कलन गरी शुरुआत भएको संस्थामा चार लाख जम्मा भइसकेको छ । “पहिला पहिला त एचआइभी भनेको के हो थाहा नै भएन । लाहुरका रोग भन्थे । बिरामी भएर वयलपाटा अस्पताल जान थालेपछि बल्ल थाहा भो,” उनी भन्नुहुन्छ । अस्पताल पुग्न करीव एक दिन लाग्छ ।

‘एचआइभी’ भो भनेर शुरुमा कोही खुल्न चाहेनन् । खुलेकालाई अपमान हुन थाल्यो । मृत्यु भएकाको लास उठाउने पुरुषसमेत यहाँ भएनन् । लास बोकेर जलाउनु परेको उदाहरण दिँदै विकले अहिले सचेतना बढेको र समूहमा बसेर खुलेर कुराकानी तथा सहयोग आदान–प्रदान हुने गरेको छ ।

रोजगारीका लागि पुरुष भारत जाने गर्दछन् । आफ्नो खेतीपातीले मुस्किलले चार महीना पनि धान्न नपुग्ने भएपछि उनीहरु रोजगारीका लागि अन्यत्र जान विवश छन् । गाउँका बालबालिका, वृद्धवृद्धा मात्र भेटिन्छन् । चरम खानेपानी सङ्कटले यहाँका बासिन्दालाई पीडामाथि पीडा दिइरहेको छ । सीमित खेतीयोग्य जमीन पनि बाँझो देखिन्छ ।

विकका अनुसार हालसम्म थापडा गाउँमा मृत्युको प्रमुख कारक एचआइभीले निम्त्याउने अन्य रोग रहेका छन् । हालसम्म आठ जनाभन्दा बढीको मृत्यु भएको छ । सो समूहमा पुरुष र महिला गरी २० जना सदस्य छन् ।

गत वर्ष मात्र एचआइभीरएड्सबाट पति गुमाएकी तीन छोराकी ५५ वर्षीया जमुना विक ९नाम परिवर्तन०ले भनिन्, “लाहुर रोग कसरी नसर्ने हुन जानकारी पाएनौँ । निको नहुने रोग भन्ने कुरा त थाहा पाएको धेरै भएको छैन ।” उनका तीनवटै छोरा घर छैनन् । “मलाई त रोग भो भो सन्तानलाई लाग्न नदिन सरकारको आँखा परे हुन्थ्यो ।” आँसु पार्दै उनीले सुनाइन् ।

गाउँमा विपन्न समुदायका विक, पार्की कुमाललगायत धामी, कुँवर शाह बसोबास गर्दछन् । अन्यत्र बसाइँ–सराइले ढोकामा ताला मारेका घर गाउँका धेरै देख्न सकिन्छ । “वरपर कमाई पाए को जान्छ गाउँ छाडेर रु न खाने अन्न छ, न पिउने पानी छ रु बाँच्न त पर्‍यो । घर छाडेर अन्यत्र जानुको अर्को विकल्प छैन ।” ४३ वर्षीय मानसिंह धामी ९नाम परिवर्तन० भन्छन् । उनी गहुँ थन्क्याउन गाउँ आएका थिए । “श्रीमतीमा पनि रोग देखियो । दुई छोरा छन् उनीहरुको के भनौँ, भनेर केही हुन्छ रु सहयोग गर्ने कोही होइनन्,” भावुक हुँदै धामीले आफ्नो पीडा सुनाए। रासस

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: