नेकपाको जनवर्गीय संगठनको नेतृत्वसहित भागवण्डा टुंगियो (नामावलीसहित) « Nagarik Khabar

नेकपाको जनवर्गीय संगठनको नेतृत्वसहित भागवण्डा टुंगियो (नामावलीसहित)



-रोसन पुरी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनवर्गीय संगठनको भागवण्डा टुंगिएको छ । नेकपाको सचिवालय बैठकले सबै जनवर्गीय संगठनको संयोजक र सहसंयोजकको जिम्मेवारी टुंग्याएको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अनेरास्ववियूको संयोजकमा पूर्व एमालेबाट ऐन महर, सहसंयोजकमा पूर्व माओवादीबाट रञ्जित तामाङ वा सुरेन्द्र बस्नेत (तामाङले नमानेमा), युवाको संयोजकमा पूर्व माओवादीबाट रामप्रसाद सापकोटा दीपशीखा र सहसंयोजकमा पूर्व एमालेबाट रमेश पौडेल वा किरण (रमेशले नमानेमा), महिलाको संयोजकमा पूर्वमाओवादीबाट अमृता थापामगर र सहसंयोजकमा पूर्व एमालेबाट सीता पौडेलको टुंगो लागेको छ ।

त्यस्तै पत्रकारको संयोजकमा पूर्व माओवादीबाट महेश्वर दाहाल र सहसंयोजकमा पूर्व एमालेबाट गणेश बस्नेत, वुद्धिजीवीको संयोजकमा पूर्व एमालेबाट डा दिनेशचन्द्र देवकोटा र सहसंयोजकमा पूर्व माओवादीबाट कृष्ण केसी र मजदुरको संयोजकमा पूर्व एमालेबाट विनोद श्रेष्ठ र सहसंयोजकमा जगत सिंखडा चयन भएका छन् ।

मानवअधिकार तथा सामाजिक अभियानको संयोजकमा मीनबहादुर शाही पूर्व एमाले र सहसंयोजकमा पूर्व माओवादीबाट हुकुम पोख्रेल तथा कानुनको संयोजकमा पूर्व एमालेबाट रुद्र नेपाल तथा सहसंयोजकमा पूर्व माओवादीबाट डा दीनमणी पोख्रेल चयन भएका छन् । यो पहिल्यै टुंगिएको ती नेताले जानकारी दिए ।

त्यस्तै पेशागत महासंघमा विश्वनाथ प्याकुरेल संयोजक र दयाराम बस्याल सहसंयोजक चयन भएका छन् । जनसांस्कृतिक महासंघमा खगेन्द्र राई संयोजक र सरल सहायात्री सहसंयोजक, मुस्लिममा सराज महमद फरुकी संयोजक र अत्तहर हुसेन फारुकी सहसंयोजक तोकिएका छन् ।

दलितमा तिलक परियार संयोजक र ओमबहादुर विश्वकर्मा सहसंयोजक तथा भूपू सुरक्षाकर्मीमा धनबहादुर चन्द संयोजक तोकिएका छन् ।

बैठकले गरेका निर्णय भोली सार्वजनिक गर्ने तयारी गरिएको छ । एकता प्रकृयाका सबैजसो विषयमा सहमतिका साथ निर्णय भएको एक सचिवालय सदस्यले नागरिक खबरलाई जानकारी दिए ।  

अनेरास्ववियू संयोजक– ऐन महर (पूर्व एमाले) सहसंयोजक-रञ्जित तामाङ्ग (पूर्व माओवादी) 

युवा संयोजक– दीपशीखा (पूर्व माओवादी) सहसंयोजक-रमेश पौडेल (पूर्व एमाले)

महिला संयोजक– अमृता थापामगर (पूर्व माओवादी) सहसंयोजक-सीता पौडेल (पूर्व एमाले)

पत्रकार संयोजक– महेश्वर दाहाल (पूर्व माओवादी)  सहसंयोजक-गणेश बस्नेत (पूर्व एमाले)

बुद्धिजीवी संयोजक– डा. दिनेशचन्द्र देवकोटा(पूर्व एमाले) सहसंयोजक-कृष्ण केसी(पूर्व माओवादी) 

मजदूर संयोजक– विनोद श्रेष्ठ (पूर्व एमाले) सहसंयोजक-जगत सिंखडा (पूर्व माओवादी) 

कानुन संयोजक रुद्र नेपाल (पूर्व एमाले) सहसंयोजक-डा.दीनमणी पोख्रेल (पूर्व माओवादी) 

मानवअधिकार संयोजक-मीनबहादुर शाही (पूर्व एमाले) सहसंयोजक-हुकुम पोख्रेल (पूर्व माओवादी) 

पेशागत संयोजक-विश्वनाथ प्याकुरेल (पूर्व एमाले) सहसंयोजक-दयाराम बस्याल (पूर्व माओवादी) 

जनसांस्कृतिक संयोजक- खगेन्द्र राई (पूर्व एमाले) सहसंयोजक-सरल सहयात्री (पूर्व माओवादी) 

मुस्लिम संयोजक-सराज फारुकी (पूर्व एमाले) असहसंयोजक-अत्तहर हुसेन फारुकी (पूर्व माओवादी) 

दलित संयोजक-तिलक परियार (पूर्व माओवादी)  सहसंयोजक-ओमबहादुर विश्वकर्मा (पूर्व एमाले)

भूपू सुरक्षाकर्मी संयोजक-धनबहादुर चन्द(पूर्व एमाले)-सहसंयोजक- मिठाराम केसी (पूर्व माओवादी) 

उद्योग संयोजक-लक्ष्मीराज मानन्धर (पूर्व एमाले) सहसंयोजक-श्याम पाठक  (पूर्व माओवादी)

खेलकुद् संयोजक-पुरुषोत्तम पौडेल (पूर्व एमाले) सहसंयोजक-शिव कोइराला (पूर्व माओवादी) 

भूमिहिन संयोजक-रामप्रीत पासवान (पूर्व एमाले) सहसंयोजक-पदम देवकोटा (पूर्व माओवादी) 

जनजाती संयोजक-सुरेश आलेमगर(पूर्व माओवादी)  सहसंयोजक-शेरबहादुर तामाङ्ग(पूर्व एमाले)

आपाङ संयोजक-इन्द्रमाया गुरुङ्ग(पूर्व माओवादी)  सहसंयोजक-रामप्रसाद ढुंगाना (पूर्व एमाले)

किसान संयोजक-बामदेव गौतम(पूर्व एमाले) सहसंयोजक-चित्रबहादुर श्रेष्ठ(पूर्व माओवादी) 

 

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: