आईसीसी स्वतन्त्र समितिको निर्णयविरुद्व क्यान उपाध्यक्ष अदालतमा « Nagarik Khabar

आईसीसी स्वतन्त्र समितिको निर्णयविरुद्व क्यान उपाध्यक्ष अदालतमा



काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को स्वतन्त्र समितिले सदस्य नै बन्न नपाउने गरी गरेको निर्णयविरुद्व नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचित समितिका प्रथम उपाध्यक्ष विनोद मैनाली अदालन पुगेका छन् । उनले स्वतन्त्र समितिले नियोजित रुपमा आफूविरुद्व निर्णय गरेको दाबीसहित गत मंगलबार सर्बाेञ्च अदालतमा मुद्धा दायर गरेका थिए ।

उनको सो मुद्धामा बुधबार नै सर्बाेञ्चले तत्काल थप कार्वाही अघि नबढाउनू भनी विपक्षीको नाममा अन्तरिम आदेश दिएको छ । आफ्नो निलम्बनमा रहेको क्यानलाई निलम्बन मुक्त बनाउन आईसीसी आफैले बनाएको स्वतन्त्र समितिले पेश्की फस्यौट नगरेको भनी उनलाई सदस्य समेत बन्न नपाउने निर्णय गरेको थियो । त्यससँगै उनको बाँके जिल्ला क्रिकेट संघको साधारण सदस्य समेत खारेज हुने अवस्थामा पुगेको थियो ।

सोही निर्णयसहितको पत्र स्वतन्त्र समितिले बाँके जिल्ला क्रिकेट संघलाई पठाएपछि उनी अदालत गएका हुन् । उनले आफ्नो नाममा कुनै पेश्की बाँकी नरहेको दाबी गरेका छन् । यससँगै अदालतको अन्तरिम आदेश निरन्तर रहेको अवस्थामा क्यान निलम्बनको अवधि अझै लम्बिन सक्ने खतरा बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: