नेपालको लगातार दोस्रो पराजय « Nagarik Khabar

नेपालको लगातार दोस्रो पराजय



काठमाडौं । ह्विलचियर एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो पराजय बेहोरेको छ । नेपाल बिहिबार भएको आफ्नो दोस्रो खेलमा बंगलादेशसँग आठ विकेटले पराजित भएको हो ।

किर्तिपुर स्थित त्रिबी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङ गरेको नेपालले १९.१ ओभरमा सवै विकेट गुमाउदै एक सय ४८ रनको योगफल तय गरेको थियो । जवाफी ब्याटिङमा आएको बंगलादेशले १८.३ ओभरमा मात्रै दुई विकेट गुमाएर जित निश्चित गरेको हो ।

नेपालका लागि प्रारम्भिक खेलाडी होमनाथ राईले ३६ र दिगमसिंह चेम्जोङले ३५ रन जोडे । डम्बर मगरले १९ र बुष्णु पुकार श्रेष्ठले १६ रन जोड्न बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । बंगलादेशका लागि मोहम्मद रिपोन उदिनले अविजित ५० रनको योगदान दिए । यस्तै मोहम्मद मोहिदुल इज्लाम एक्लैले नेपालको तीन विकेट लिएका थिए ।

नेपालले प्रतियोगिताअन्तर्गत बुधबार भएको आफ्नो पहिलो खेलमा भारतसँग ६ विकेटको पराजय बेहोरेको थियो । लगातार दोस्रो पराजयसँगै नेपालको उपाधि यात्रा मुस्किल देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: