कर्मचारीको तलबसहितको सुविधा बढाउन सरकार प्रतिवद्ध : मन्त्री विष्ट (भिडियो) « Nagarik Khabar

कर्मचारीको तलबसहितको सुविधा बढाउन सरकार प्रतिवद्ध : मन्त्री विष्ट (भिडियो)



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सार्वजनिक संस्थानहरुलाई सुदृढ बनाउने गरी काम गर्न सम्बन्धित निकायका कर्मचारीहरुलाई कडा निर्देशन दिनुभएको छ ।

मन्त्री विष्टले पेशागत मर्यादाको ख्याल राखेर आफ्ना गतिविधिलाई अघि बढाउन पनि कर्मचारीहरुलाई सचेत गराउनुभयो । सार्वजनिक संस्था कर्मचारी संगठन नेपालको ३०औं स्थापना दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सार्वजनिक संस्थानहरुलाई नाफामा लैजाने गरी पारदर्शिताका साथ काम गर्न पनि सम्बन्धित निकायका कर्मचारीहरुको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

मन्त्री विष्टले कर्मचारीहरुको तलवसहितको सेवा, सुविधा वृद्धि गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: