भक्तपुरमा छाती पुनःस्थापना केन्द्रको शिलान्यास « Nagarik Khabar

भक्तपुरमा छाती पुनःस्थापना केन्द्रको शिलान्यास



भक्तपुर । भक्तपुर नगरपालिका ९ च्याम्हासिंहमा छाती पुनःस्थापना केन्द्र स्थापना हुने भएको छ । केन्द्रको नवनिर्मित भवनको आज नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिलान्यास गरेका छन् ।

यसै वर्षभित्र भक्तपुरको मौलिकशैलीमै उक्त भवन निर्माण सम्पन्न गरी त्यही भवनबाट सेवा सञ्चालन गर्ने लक्ष्य लिइएको नगर प्रमुख प्रजापतिले जानकारी दिए । जापान सरकारको प्राविधिक सहयोगमा सञ्चालन हुन लागेको उक्त छाती पुनःस्थापना केन्द्रबाट देशभरका दम रोगीको उपचारमा उल्लेख्य सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: