विवाद भएपछि नेकपाको पोलिटब्यूरो घोषणा सर्‍यो (प्रस्तावित सूचीसहित) « Nagarik Khabar

विवाद भएपछि नेकपाको पोलिटब्यूरो घोषणा सर्‍यो (प्रस्तावित सूचीसहित)



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले विवादका कारण पार्टीको पोलिटब्यूरो सदस्यको नाम टुंगो लगाउन सकेको छैन् । शुक्रवार घोषणा गर्ने तयारी गरिएपनि प्रस्तावित पोलिटब्यूरोको नाममा सहमति जुटेन । विवाद भएपछि अर्को बैठक आउँदो ५ गते बस्ने तयारी गरिएको छ ।

साविकको नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बाँडफाँड गरिएको संख्यामा दुई अध्यक्षले तयार गरेको नामावलीमा सहमति जुट्न सकेन् । पूर्व एमाले भित्र अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल समूहबीच प्रस्तावित नाममा सहमति नजुटेको हो ।

नेकपाका एक सचिवालय सदस्यका अनुसार प्रदेशका पदाधिकारी र जनवर्गी संगठनका संयोजक र सहसंयोजक भएका व्यक्ति पोलिटब्यूरोमा राख्ने वा नराख्ने भन्ने नेकपा भित्र विवाद भएको छ । तर सचिवालय सदस्य रहेका बामदेव गौतमनै किसान महासंघको संयोजक भएपछि यो मापदण्ड लागु गर्न नहुने पक्षमा केही सदस्यले धारणा राखेका छन् ।
यसअघि पोलिटब्यूरोको सूची बनाउने बेला प्रदेशका पदाधिकारी नराख्नेगरी दुई अध्यक्षबीच सहमति भएको थियो । त्यस्तै कार्यविभाजनमा पनि पूर्व एमालेमा समस्या देखिएको छ । सचिवालय बैठकमा ओली, नेपाल, खनाल र गौतमले आआफ्ना अडान राखेका छन् ।

पूर्व माओवादीभित्र समेत पोलिटब्यूरो सदस्यको प्रस्तावित नाम र कार्यविभाजनमा असन्तुष्टि रहेको एक सचिवालय सदस्यले नागरिकखबरलाई जानकारी दिए । दुई अध्यक्षको सुझाबका आधारमा महासचिव विष्णु पौडेलले पोलिटब्यूरो सदस्यको नामावली र कार्यविभाजनको प्रस्ताव तयार गरेका थिए ।

१ सय ४७ सदस्यीय पोलिटब्यूरोमा पूर्वएमालेबाट पहिलेका पोलिटब्यूरो सदस्य  र पूर्वमाओवादी केन्द्रको तर्फबाट पहिलेका सचिवालय सदस्यसम्मका स्वतः पोलिटब्यूरोमा परेका छन् । पूर्वएमालेबाट ८३ र पूर्वमाओवादीबाट ६४ जनाले पोलिटब्यूरोमा स्थान पाउने सम्भावना छ ।

पूर्वएमालेबाट पोलिटब्यूरोमा पर्नेको नामावली

१ केपी शर्मा ओली
२ माधवकुमार नेपाल
३ झलनाथ खनाल
४ वामदेव गौतम
५ ईश्वर पोख्रेल
६ विष्णु पौडेल
७ सुवास नेम्वाङ
८ युवराज ज्ञवाली
९ अष्टलक्ष्मी शाक्य
१० भीम रावल
११ घनश्याम भुसाल
१२ प्रदीप ज्ञवाली
१३ पृथ्वीसुब्बा गुरुङ
१४ गोकर्ण विष्ट
१५ योगेश भट्टराई
१६ मुकुन्द न्यौपाने
१७ शंकर पोख्रेल
१८ सुरेन्द्र पाण्डे
१९ किरण गुरुङ
२० छविलाल विश्वकर्मा
२१ सत्यनारायण मण्डल
२२ रघुवीर महासेठ
२३ रघुजी पन्त
२४ बेलुराम भुषाल
२५ विष्णु रिमाल
२६ अमृतकुमार बोहरा
२७ केशव बडाल
२८ डा.पुष्प कँडेल
२९ प्रदीप नेपाल
३० शेरधन राई
३१ काशिनाथ अधिकारी
३२ राजेन्द्र पाण्डे
३३ गंगालाल तुलाधर
३४ नागेन्द्र चौधरी
३५ प्रकाश ज्वाला
३६ परशुराम मेघी
३७ सोमनाथ प्यासी
३८ अरुण नेपाल
३९ पशुपति चौलागाई
४० विन्दा पाण्डे
४१ भानुभक्त ढकाल
४२ महेन्द्रबहादुर पाण्डे
४३ यमलाल कँडेल
४४ राधा ज्ञवाली
४५ रामप्रित पासवान
४६ लालबाबु पण्डित
४७ डा. बिजय पौडेल
४८ श्रीमाया थकाली
४९ कर्णबहादुर थापा
५० गोकुल घर्तीमगर
५१ गोरखबहादुर बोगटी
५२ गौरा कोइराला
५३ जगतबहादुर विश्वकर्मा
५४ जगन्नाथ खतिवडा
५५ तुलबहादुर गुरुङ
५६ दलबहादुर राना
५७ वंशीधर मिश्र
५८ भागवत विश्वासी
५९ युवराज कार्की
६० योगनारायण यादव
६१ सत्रुधन महतो
६२ घनेन्द्र बस्नेत
६३ केदार न्यौपाने
६४ कृष्णगोपाल श्रेष्ठ
६५ खगराज अधिकारी
६६ धर्मनाथ साह
६७ देवराज घिमिरे
६८ नरेश खरेल
६९ गुरु बराल
७० शेरबहादुर तामाङ
७१ डा. राजन भट्टराई
७२ सोमप्रसाद पाण्डे
७३ गोमा देवकोटा
७४ ठाकुर गैरे
७५ जयन्ती राई
७६ सुशीला नेपाल
७७ चूणामणि जंगली
७८ रामचन्द्र यादव
७९ केशवलाल श्रेष्ठ
८० विजय सुब्बा
८१ भानुभक्त जोशी
८२ श्रीप्रसाद साह
८३ राजेन्द्र राई

पूर्वमाओवादीबाट पोलिटब्यूरो सदस्य

१ पुष्पकमल दाहाल ‘प्रचण्ड’
२ नारायणकाजी श्रेष्ठ ‘प्रकाश’
३ रामबहादुर थापा ‘बादल’
४ अमिक शेरचन
५ टोपबहादुर रायमाझी
६ वर्षमान पुन ‘अनन्त’
७ गिरिराजमणि पोख्रेल
८ जनार्दन शर्मा ‘प्रभाकर’
९ देव गुरुङ
१० गणेश साह
११ पम्फा भुषाल
१२ लीलामणि पोख्रेल
१३ मातृका यादव
१४ अग्नि सापकोटा
१५ ओनशरी घर्तीमगर
१६ लेखराज भट्ट
१७ शक्तिबहादुर बस्नेत
१८ देवेन्द्र पौडेल
१९ हरिबोल गजुरेल
२० राम कार्की
२१ हितमान शाक्य
२२ चक्रपाणि खनाल
२३ मणि थापा
२४ जयपुरी घर्ती
२५ नारायण शर्मा
२६ कुलप्रसाद केसी ‘सोनाम’
२७ दीनानाथ शर्मा
२८ तिलक परियार
२९ हितराज पाण्डे
३० विश्वनाथ साह
३१ डिलाराम आचार्य
३२ उर्मिला अर्याल
३३ प्रभु साह
३४ रामचन्द्र झा
३५ नारायण दाहाल
३६ परशुराम तामाङ
३७ हितबहादुर तामाङ
३८ कमला रोक्का
३९ झक्कु सुवेदी
४० जगप्रसाद शर्मा
४१ सूर्य सुवेदी पथिक
४२ महेश्वर दाहाल
४३ अमृता थापा
४४ सुरेश आलेमगर
४५ रामेश्वर राय यादव
४६ महेश्वर गहतराज ‘अथक’
४७ अञ्जना विशंखे
४८ कृष्णध्वज खड्का
४९ रेखा शर्मा
५० गणेशमान पुन ‘रश्मी’
५१ कालिबहादुर मल्ल
५२ जोखबहादुर महरा
५३ रामदीप आचार्य
५४ टंक आङ्बुहाङ
५५ लीलाबहादुर थापा
५६ टंक राई
५७ कमल चौलागाइ
५८ हरिराज अधिकारी
५९ पासाङ शेर्पा
६० शिवकुमार मण्डल
६१ सुरेश राई 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: