काठमाडौं । वैदेशिक रोजगारीको सपनामा अफ्रिकी देश पुर्याएर बेचिएका १६ नेपाली युवतीको उद्धार गरिएको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।
केन्याबाट १२ र मलाबीमा चार युवतीको उद्धार गरिएको हो ।उनीहरूलाई नेपाल फर्काउने र मानव तस्करीमा संलग्न समूहमाथि अनुसन्धान गर्ने तयारीमा प्रहरी लागेको छ ।
उद्धार गरिएका युवती हाल सेफ हाउसमा रहेको र अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को सहयोगमा नेपाल ल्याउने पहल अघि बढाइएको नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुख एसएसपी उमेशराज जोशीले बताए ।