सरकारी जग्गा श्रीमतीको नाममा « Nagarik Khabar

सरकारी जग्गा श्रीमतीको नाममा



जुम्ला । जुम्ला गुठिचौर गाउँपालिका ४ मा रहेको राष्ट्रिय भेडाबाख्रा अनुसन्धान कार्यक्रमको ३ लाख बर्गमिटर जग्गा मालपोत अधिकृत गोबिन्दप्रसाद न्यौपानेले पत्नी, छोरी र नातेदारको नाममा दर्ता गरेको पाइएको छ।

अभिलेखअनुसार जिल्ला मातपोत कार्यालयका तत्कालिन अधिकृत न्यौपानेले सेवामा रहेका बेला (२०६६ साल) पत्नीसहित १४ जना नातेदारको नाममा ५ सय ९० रोपनी जग्गा दर्ता गरेका हुन् ।

न्यौपाने अहिले निवृत्त भईसकेको समाचार आजको नागरिक दैनिकले पहिलो पृष्ठमा छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: