मदन-आश्रितलाई सम्झँदै प्रधानमन्त्री ओलीको ट्वीट « Nagarik Khabar

मदन-आश्रितलाई सम्झँदै प्रधानमन्त्री ओलीको ट्वीट



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदन भण्डारी र जीवराज आश्रितको २६औं स्मृति दिवसको अवसरमा श्रद्धासुमन अर्पण गरेका छन् ।

ट्वीट गर्दै प्रधानमन्त्री ओलीले यो स्मृति दिवसको अवसरमा सार्थक लोकतन्त्र, समातामूलक समाज निर्माण र समृद्धिको यात्रालाई गन्तव्यमा पुर्याएर जननेताहरुको स्मृतिलाई सार्थक बनाउन आव्हान गरेका छन् ।

उनले ट्वीटमा लेखेका छन्-
जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको २६ औं स्मृति दिवसका अवसरमा उहाँहरुप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु । सार्थक लोकतन्त्र, समतामूलक समाज निर्माण र समृद्धिको यात्रालाई गन्तव्यमा पुर्याएर श्रद्धेय जननेताको स्मृतिलाई सार्थक बनाऔं ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: