आज देशभर नै घामपानीको मौसम ! « Nagarik Khabar

आज देशभर नै घामपानीको मौसम !



काठमाडौं । आज दिउँसो काठमाडौं उपत्यका र देशका विभिन्न भागमा छिटपुट वर्षा हुने भएको छ । मौसम पूर्वामानुशाखाका अनुसार देशभर नै घामपानीको मौसम हुने भएको छ । काठमाडौंका उपत्यकाभित्रका केही स्थानमा सामान्य वर्षा हुने मौसम पूर्वानुमान शाखाले जनाएको छ । देशका पहाडी भूभागका थोरै स्थानमा र तराईका एकदुई स्थानहरुमा अपरान्ह पश्चात मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यस्तो छ तीन दिनको मौसमसम्बन्धी विवरणः

जेष्ठ ०३ गते (शुक्रबार)

दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भूभागमा मौसम आंशिक बदलि हुने देखिन्छ । देशका पहाडी भूभागका थोरै स्थानमा र तराईका एकदुई स्थानहरुमा अपरान्ह पश्चात मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति देशका पश्चिमी भूभाग लगायत पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सफा हुने देखिन्छ । देशका पश्चिमी भूभाग तथा पूर्वि र मध्य पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

जेष्ठ ०४ गते (शनिबार)

दिउँसो देशको पश्चिमि भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भु(भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। देशका पश्चिमी भूभागका थोरै स्थानमा तथा मध्य र पूर्वी भूभागका एक वा दुई स्थानमा अपरान्ह पश्चात मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति देशका पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सफा हुने देखिन्छ। देशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

जेष्ठ ०५ गते (आईतबार)

दिउँसो देशको पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। देशका पश्चिमी पहाडी भूभागका थोरै स्थानमा तथा मध्य र पूर्वी भू भागका एक वा दुई स्थानमा अपरान्ह पश्चात मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति देशका पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सफा हुने देखिन्छ। देशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: