मदन–आश्रित हत्याको अनुसन्धान हुने ! « Nagarik Khabar

मदन–आश्रित हत्याको अनुसन्धान हुने !



काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘वादल’ले जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्यारा खोजी प्रक्रिया सुरू गरिएको बताएका छन् ।
२६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी स्मृति बाटिका, कोटेश्वरमा शुक्रबार बिहान आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले यसको अनुसन्धान प्रकृया अघि बढेको बताएका हुन ।

‘नेता मदन भण्डारी र जीवराज आश्रितको हत्याबारे छानबिन गर्न हामीले प्रक्रिया थालेका छौं,’ भण्डारीको सालिक अगाडि उभिएर गृहमन्त्री थापाले अगाडि भने, ‘छिट्टै हत्यारा पत्ता लाग्ने छ ।’

नेकपा एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते चितवनको दास ढुंगामा जीप दुर्घटनामा परी निधन भएको थियो । जुन दुर्घटनालाई रहस्मय ठानिँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: