ऐश्वर्याको नेगेटिभ क्यारेक्टर « Nagarik Khabar

ऐश्वर्याको नेगेटिभ क्यारेक्टर



एजेन्सी । मणिरत्नमको निर्देशनमा बन्न लागेको नयाँ फिल्ममा ऐश्वर्या रायको अभिनय रहने पक्का भएको छ । ऐश्वर्याले यसअघि मणिरत्नमले निर्देशन गरेको ‘रावण, रगासियम, गुरु र इरुवर’ जस्ता फिल्ममा काम गरिसकेकी छिन् ।

मणिरत्नमले सधैं ऐश्वर्यालाई फिल्ममा मुख्य भूमिका दिएका छन् । तर यसपटक भने उनले आफ्नो नयाँ फिल्म ‘पोन्नीनि सेल्वम’ मा ऐश्वर्या भिलनको भूमिका दिएका छन् ।

‘पोन्नीनि सेल्वम’ मा ऐश्वर्याको चरित्र नेगेटिभ हुने बताइएको छ । यो फिल्म एक पिरिएड ड्रामा हुनेछ जुन १० औं शताब्दीको चोल राजाको कहानीमा आधारित छ । उक्त फिल्ममा राजा चोल विभिन्न कठिनाईका बाबजुद पनि कसरी सम्राज बन्न सफल हुन्छन् भनेर देखाइनेछ ।

फिल्ममा ऐश्वर्या राय बच्चन पेरिया पझुवेत्तारय्यरकी श्रीमती नन्दिनीको भूमिकामा देखिनेछिन् जसले चोल साम्राज्यका चान्सलर र कोषाध्यक्षको रुपमा काम गरेकी थिइन् ।

नन्दिनी शक्ति केन्द्रीत रहस्यमयी महिला हुन् । नन्दिनी आफ्ना श्रीमानसँग मिलेर राजा चोलको साम्राज्यलाई नष्ट गर्ने योजना बनाउँछिन् । राजा जोलको राज्य नष्ट गरेर उनले बदला लिन्छिन् । फिल्ममा ऐश्वर्याको श्रीमानको भूमिका मोहन बाबू देखिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: