मदन भण्डारीकै विचारलाई परिस्कृत र परिमार्जन गर्दै नयाँ विचार निर्माण गरौंः अध्यक्ष प्रचण्ड (भिडियोसहित ) « Nagarik Khabar

मदन भण्डारीकै विचारलाई परिस्कृत र परिमार्जन गर्दै नयाँ विचार निर्माण गरौंः अध्यक्ष प्रचण्ड (भिडियोसहित )



काठमाडौं । नेकपा अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको तत्कालको कार्यक्रम जनताको जनवाद र दीर्घकालिन रणनीति समाजवाद रहेको बताएका छन् । जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृतिसभालाई मदननगर बल्खुमा सम्बोधन गर्दै प्रचण्डले महाधिवेशनबाट मदन भण्डारीकै विचार अझ परिस्कृत र परिमार्जन गर्दै नयाँ विचार निर्माण गर्नुपर्ने र त्यसको मुल उदेश्य समाजवाद रहेको बताएका हुन ।

अध्यक्ष प्रचण्डले पुराना कुरा दोहोर्‍याएर अहिलेको आवश्यकता पूरा नहुने बताउदै पुराना कुरा नअलमलिन नेता कार्यकर्तालाई आग्रह गरे । उनले तत्कालिन एमालेको जबज र माओवादीको एक्काइशौं शताब्दीको जनवादलाई नयाँ ढंगले संश्लेषण गरेकै कारण पार्टी एकता सम्भव भएको दावी समेत गरे ।

‘आज हामी कमरेड मदन भण्डारीलाई सम्मान गर्न उपस्थित भएका छौं । हामीले कमरेड मदनले जे–जे भन्नुभयो त्यही दोहोर्‍याउने हो कि, उहाँले विकास गरेका विचारमा टेकेर अझ अगाडि जाने ? मदनको विचारलाई अझ परिमार्जन र विकसित गर्ने हो । पुराना कुरा दोहोर्‍याएरमात्र बसिरहनु भएन ,’ उनले सम्बोधनको क्रममा भने ‘विचारलाई जड मानेर मदन भण्डारी बस्नुभएन, अहिलेको हाम्रो नेतृत्वले पनि मदनकै अनुशरण गरेकाले मात्र एकता सम्भव भएको हो ।’

प्रचण्डले एमालेको तत्कालीन नवौं महाधिवेशनले समाजवाद भने पनि तत्कालीन माओवादीले पनि समाजवादमा जाने भने पनि अहिले नै समाजवाद स्थापना भइहाल्ने स्थिति बनिनसकेको बताए । उनले समाजवाद नेकपाको रणनीति भए पनि तत्कालको कार्यक्रम जनताको जनवाद नै रहेको पनि दोहोर्याए ।

जनताको जनवाद तत्कालको लागि हो । हामीले समाजवादलाई रणनीतिक रुपमा लिपिवद्ध गरेका बताउँदै यही वैचारिक धरातलमा छौं । महाधिवेशनसम्म पुग्दा विश्व कम्युनिस्ट आन्दोलनका सबै अनुभवको आधारमा महान विवाद र महान बहसको बीचबाट सबैको मेहनतबाट नयाँ विचार आउँने दावी समेत गरे ।आफू र केपी ओलीले पार्टी एकताको हस्ताक्षर गर्दा नै पार्टीको विचारलाई परिमार्जन र विकसित गर्ने भनेकाले पुराना कुरा दोहोर्‍याउन आवश्यक नरहेको प्रचण्डले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: