दाजु-भाईको झगडा, गोली हानाहान « Nagarik Khabar

दाजु-भाईको झगडा, गोली हानाहान



पर्सा । प्रदेश नम्बर २ को पर्सा जिल्लाको जिराभवानी गाउँपालिका २मा घरायसी विवादमा भाइले दाजुको पिठ्युँमा गोली प्रहार गरेका छन । विहिबार राती दाइको पिठ्युँमा गोली हानेका हुन । प्र

हरीका अनुसार घाइते हुनेमा ५५ वर्षीय फारुक सेख रहेका छन् । उनलाई आफ्नै भाइ सेख सराजुद्दिनले गोली हानेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दाजु भाइबीच घरायसी विवाद हुँदा दाजु सेखलाई भाइले गोली हानेका थिए ।

गोली लागेका सेखको अवस्था गम्भीर रहेको नारायणी अस्पतालले जनाएको छ । साथै अस्पतालमा थप उपचारका लागि घाइतेलाइ नेशनल मेडिकल शिक्षण अस्पताल वीरगञ्ज पठाएको छ ।

दाजुमाथि गोली प्रहार गर्ने भाइलाई इलाका प्रहरी कार्यालय पटेर्वाले पक्राउ गरेको छ । उनको साथबाट नल कटुवाल पेस्तोल एक थान, तीन राउण्ड गोली र एक थान गोलीको खोका बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: