नवलपरासीमा लागुऔषधसहित तीन पक्राउ « Nagarik Khabar

नवलपरासीमा लागुऔषधसहित तीन पक्राउ



नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–९ बेलाटारीस्थित त्रिभुवन उच्च मावि चोकबाट लागुऔषध ब्राउनसुगर र गाँजासहित तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका–८ पिपरपाती बस्ने वर्ष २८ का काशिमअली मुसलमान, वर्ष १९ का कुर्सेद मियाँ र वर्ष ३१ का तेजबहादुर कुर्मी छन् ।

उनीहरुको साथबाट एक ग्राम खैरो ब्राउनसुगर र नौ ग्राम गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: