नेपाल–भारत सीमा नाका बन्द हुने « Nagarik Khabar

नेपाल–भारत सीमा नाका बन्द हुने



नवलपरासी । भारतमा जारी लोकसभा निर्वाचनको सुरक्षा अवस्थालाई लिएर पश्चिम नवलपरासीको नेपाल–भारत सीमाअन्तर्गतका विभिन्न नाका आज राति १२ बजेबाट बन्द गरिने भएको छ ।

भारतको महाराजगञ्ज जिल्लामा भइरहेको लोकसभा निर्वाचनलाई लक्षित गरी पश्चिम नवलपरासीको सीमा नाका राति १२ बजेबाट बन्द हुने जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ । जिल्लाको सीमावर्ती नाका ठूठीबारी, गुठीप्रसौनी, विष्णपुरा र भुजहवा नाका बन्द हुने छन् । प्रशासनद्वारा जारी सूचनामा आज राति १२ बजेबाट बन्द हुने नाका जेठ ५ गते साँझ ६ बजेपछि सञ्चालन हुने उल्लेख गरिएको छ ।

भारतको उत्तर प्रदेशमा जेठ ५ गते निर्वाचन हुँदैछ । नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले सुरक्षा अवस्था निकै कडा बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: